Logo

Jul 21 2025 | २०८२, साउन ५गते

Jul 21 2025 | २०८२, साउन ५गते

images

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बाँडफाँट, सर्वसाधारणतर्फ १२ करोड ७५ लाख इकाई छुट्याइयो

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बाँडफाँट, सर्वसाधारणतर्फ १२ करोड ७५ लाख इकाई छुट्याइयो

  •  

    काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडको कोष प्रवर्द्धन र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ अन्तर्गतको इकाई बाँडफाँट सम्पन्न भएको छ। प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ रहेको यस योजनाअन्तर्गत सुरुवाती रूपमा १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको थियो।

    उक्त योजना २०८२ असार २२ गतेदेखि बिक्री खुला गरिएको थियो, जसको अन्तिम म्याद साउन ४ गते तोकिए पनि असार २७ गतेभित्रै मागभन्दा बढी आवेदन प्राप्त भएकाले समयअघि नै निष्कासन प्रक्रिया बन्द गरिएको हो।

    नियमअनुसार, मागभन्दा बढी आवेदन परेमा अधिकतम २५ प्रतिशत इकाई थप गरी बाँडफाँट गर्न सकिने व्यवस्थाअनुसार कुल इकाई संख्या १२ करोडबाट बढाएर १५ करोड पुर्‍याइएको हो।

    बाँडफाँट गरिएको १५ करोड इकाईमध्ये १५ प्रतिशत ९२ करोड २५ लाख इकाई० बीज पूँजीका लागि छुट्याइएको थियो। यसअन्तर्गत ग्लोबल आइएमई बैंकले १३।५० प्रतिशत अर्थात् २ करोड २ लाख ५० हजार इकाई, र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले १.५० प्रतिशत अर्थात् २२ लाख ५० हजार इकाई प्राप्त गरेका छन्। बाँडफाँट प्रक्रिया २०८२ असार ३० गते सम्पन्न भएको हो।

    बीज पूँजीलाई छुट्याइएपछि बाँकी रहेको १२ करोड ७५ लाख इकाई सर्वसाधारणलाई बाँडफाँट गरिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सि–आस्वा प्रणालीमार्फत प्राप्त ३५ हजार ८०२ वटा आवेदनबाट कुल १३ करोड ९ लाख ३३ हजार ५१० इकाईका लागि माग परेको थियो, जुन माग उपलब्ध इकाईभन्दा बढी हो। यसले योजना प्रति लगानीकर्ताको उच्च चासो र विश्वास झल्काउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij