Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

गुराँस लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, खुद नाफा ८९.९६% ले उकालो

गुराँस लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, खुद नाफा ८९.९६% ले उकालो

  • काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार संस्थाको नाफा उल्लेखनीय रूपले वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।

    नाफा वृद्धिको प्रमुख कारण लघुवित्तको ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धि हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले, सञ्चालन मुनाफा ८७.८५ प्रतिशतले र कुल सञ्चालन आम्दानी ४२.१६ प्रतिशतले बढेको छ। त्यस्तै, सञ्चालन आम्दानी पनि १५.४७ प्रतिशतले बढेको देखिन्छ। यस्तै, जोखिम व्यवस्थापन पक्षमा पनि सुधार देखिएको छ, जसअनुसार खराब कर्जा अनुपात ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा झरेको छ।

    वित्तीय सूचकहरूमा हेर्दा, गुराँस लघुवित्तको प्रतिशेयर आम्दानी  १६ रुपैयाँ १८ पैसाले बढेर ३४ रुपैयाँ १७ पैसामा पुगेको छ। मूल्य आम्दानी अनुपात  ६४.७८ गुणा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा पुगेको छ। कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित गरिएको छ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी र ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यो तथ्यांकले गुराँस लघुवित्तको समग्र वित्तीय स्थिति सुदृढ बन्दै गएको संकेत गर्दछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij