Logo

Jul 21 2025 | २०८२, साउन ५गते

Jul 21 2025 | २०८२, साउन ५गते

images

तालिम लिएका कोरा ४५ अधिकृत त्रिवि विमानस्थल अध्ययगमन खटाइए

तालिम लिएका कोरा ४५ अधिकृत त्रिवि विमानस्थल अध्ययगमन खटाइए

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा लोकसेवा उत्तीर्ण गरी तालिम लिएका ४५ जना कोरा अधिकृतहरूलाई खटाइएको छ ।गृह मन्त्रालयले यस्ता कोरा अधिकृतहरूलाई विमानस्थल अध्यागमनमा खटाएको हो ।गृहमन्त्री रमेश लेखकको सचिवालयले उपलब्ध गराएको विवरण अनुसार अध्यागमन सुधारका क्रममा हालै सेवा थालेका ४५ जना कोरा शाखा अधिकृतहरुलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको हो ।

    अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी सार्वजनिक गरेका हुन् । रिजालको पनि कार्यालयबाट सरुवा भइसकेको भएपनि  नयाँ सहसचिव हाजिर भइनसकेको अवस्था छ ।

    लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात सोमबारदेखि विमानस्थल अध्यागमनमा खटाइएको छ । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन् ।केहीअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो । उनीहरूको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले पठाएको विवरण अनुसार ४५ अधिकृतलाई खटाइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । त्यसबेला तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । अझै त्यो मामिलामा आयोगले छानबिन गरिरहेकै छ । सरकारले समेत छानबिनका लागि पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij