Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

सञ्चालक समितिले बेवास्ता गर्दा अझै टुङ्गिएन नेप्सेका कर्मचारीहरूको आन्दोलन

सञ्चालक समितिले बेवास्ता गर्दा अझै टुङ्गिएन नेप्सेका कर्मचारीहरूको आन्दोलन

  • काठमाडौँ । श्रम कानुन बमोजिम पाउनु पर्ने बोनस नपाएकाले आन्दोलनमा उत्रेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीको आन्दोलनको सुनुवाईमा ढिलाइ भइरहेको  छ ।
    बोनसबापत ४ वर्षमा पाउनुपर्ने करिब १० करोड रकम नपाएपछि विगत १९ दिनेदेखिको  उनीहरूको आन्दोलन जारी रहेपनि कुनै सुनुवाई नभएको हो ।
    आन्दोलनरत कर्मचारीले अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूणामणि चापागाईंलाई कार्यालयमा प्रवेश गर्न नदिई हातमा कालोपट्टी बाँधेर  काम गरिरहेका छन् । 

    नेप्सेका कर्मचारीले श्रम अदालतको आदेशअनुसार पाउनुपर्ने ५ प्रतिशत बोनस सेयर नपाएको भन्दै असोज ७ गते अध्यक्ष र सीईओलाई करिब १३ घन्टासम्म कार्यालयमा बन्दी बनाएका थिए । ७ गते बिहान ११ देखि राति करिब १० बजेसम्म अध्यक्ष र सीईओलाई कार्यालयमा नै थुनेर राखे पछि  प्रहरीको सहयोगमा अध्यक्ष र सीईओ घर फर्केका थिए ।

    कर्मचारीले श्रम अदालतले २०८२ असार ५ गतेको फैसला अनुसार ५ प्रतिशत बोनस पाउनु पर्ने माग गर्दै आएका छन् । नेप्सेका कर्मचारीले आर्थिक वर्ष २०७६/७७ र त्यसभन्दा अघिल्ला वर्षमा ५ प्रतिशत बोनस पाउँदै आएका थिए । उक्त बोनस अर्थ मन्त्रालयको स्वीकृतिमा वितरण गर्ने गरेको छ ।कर्मचारीहरूले अब अदालतको फैसला कार्यान्वयन गर्नुपर्नेमा मन्त्रालयको निर्णय नचाहिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij