Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

तिहारको उत्सव, फूलको महोत्सव" तिहार फ्लोरा एक्स्पो-२०८२को आयोजना  हुँदै

तिहारको उत्सव, फूलको महोत्सव" तिहार फ्लोरा एक्स्पो-२०८२को आयोजना  हुँदै

  • काठमाडौँ ।  तिहारको उत्सव, फूलको महोत्सव" तिहार फ्लोरा एक्स्पो-२०८२को आयोजना गरिने भएको छ ।  नर्सरी व्यवसायी संघ नेपालले  तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२को आयोजना गर्न लागेको हो ।

    संघले  आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो तिहार फ्लोरा एक्स्पोबारे  जनाएको हो । गत वर्ष भएको दोस्रो तिहार फ्‌लोरा एक्स्पो २०८१ सफल मात्र हैन भव्य रुपमा सफल भएको संघले दाबी गरेको छ ।  त्यस सफल कार्यक्रमले नर्सरी व्यवसायीलाई थप उत्साहित तुल्याएको थियो । साथै संघले सफलताको श्रेय संचारकर्मीहरूलाई दिएको छ ।  नर्सरी व्यवसायको विकास, विस्तार एवम् प्रबर्द्धन गरी स्वच्छ वातावरणसहित आय र रोजगार प्रबर्द्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित बनाउन २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ नेपाल आधिकारिक रुपमा दर्ता भई क्रियाशील रहेको  जनाइएको छ । यसै गरि नर्सरी व्यवसायी संघ नेपालले ४ वटा एक्स्पो भव्यवताका साथ सम्पन्न गरिसकेको साथै नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्याक्रम जस्ता सामाजिक कार्य समेत गरिसकेको जनाइएको छ ।  कुनै पनि बोट बिरुवा, वनस्पति कृत्रिम रूपमा मानवीय इच्छा र आकाङ्क्षा अनुसार उत्पादन, विकास र विस्तार गर्न प्रारम्भमा नर्सरीको आवश्यकता पर्दछ । वन जङ्गलमा प्राकृतिक रूपमा हुने पुनरुत्पादन बाहेक सबै वानस्पतिक प्रसारण नर्सरीबाटै हुने र बोट बिरुवाको गुणस्तर असल बिऊबिजन तथा नर्सरीको व्यवस्थापकीय कार्यकुशलतामा निर्भर रहन्छ । नर्सरी व्यवस्थापनको महत्व र विषयक्षेत्र बोट विरुवाको उत्पादन र प्रसारणमा मात्र सीमित नरही बोट विरुवा तथा बिऊविजनको व्यवस्थापन, देश भित्र र बाहिर आयात निर्यातसँग जोडिने राष्ट्रिय अन्तराष्ट्रिय नीतिगत तथा कानूनी पक्ष, स्वस्थानिय रैथाने, मौलिक बोट विरुवाहरुको संरक्षण, सम्बर्धन साथै जातिय गुण तथा विशेषताहरुको पुस्तान्तरण जस्ता वानस्पातिक जैविक विविधताको सरक्षण एवं हाम्रा परम्परागत सिप तथा ज्ञान संरंक्षण, पुस्तान्तरणका विषय समेत समेटिएको हुन्छ ।

    नर्सरी व्यवसायी संघले फूल र बत्तीको  पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यावसायिक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा यही २०८२ असोज २८ गते देखि कार्तिक १ गते सम्म (पाँच दिन) "तिहारको उत्सव, फूलको महोत्सव" भन्ने नाराका साथ नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यतालाई मध्यनजर गर्दै शुभ दिपावलीको पुर्व सन्ध्यामा भृकुटीमण्डपको प्रदर्शनी स्थलमा पाँच दिवसीय राष्ट्रियस्तरको तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ भव्य रुपमा आयोजना गर्न गइरहेको जनाएको छ । यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभि रुचि राख्ने अझ भन्ने हो भने समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई एकपटक उत्साहित र भुंकृत गर्ने विश्वास लिइएको छ ।

     यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पुर्णको लागि यस मेला बृहत साझा मञ्च हुने  विश्वास लिइएको छ । यस संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिश्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा  पुरस्कृत  गरिनेछ । प्रतिस्पर्धाको मुल्याकंन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन संमिति समेत गठन गरिएको जनाइएको छ ।  यस मेलामा ६२ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ४ स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ । यस मेलामा ३५ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेका छौ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१००।- र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५०।- व्यवस्था गरेका छौ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा हुन गइरहेको तेस्रो तिहार फ्लोरा एक्सपो-२०८२ को प्रवर्धक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग रहेको छ भने विशेष सहयोगी संस्था सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर प्रा.लि., ग्रिस्मा नर्सरी, उदय गार्डेन र एभरेष्ट फ्लोरिकल्चर रहेको जनाइएको छ । 

     देशमा बढ्दो राजनितिक अस्थिरताले निम्त्याएको असहज परिस्थितिले तमाम उद्यमी व्यवसायीहरुको मनोवल कमजोर भएको छ । यस्तो विषम परिवेशमा व्यवसायीक वातावरण बनाउनुका साथै खस्किएको मनोवल बढाउन सबै पक्षहरु जिम्मेवार हुन हार्दिक आव्हान गर्दछौं । यस्ता वातावरणले देशबाट जनशक्ति पलायन लगाएत लगानी असुरक्षाको डरले लगानी वृद्धिमा समेत समस्या पैदा हुने डरलाग्दो अवस्था सिर्जना हुने हुनाले नेपाल सरकार राजनितिक दल तथा नया पुस्ताले गम्भिर रुपमा लिनु पर्ने सम्पुर्ण व्यवसायीहरुको तर्फबाट अपिल गरिएको मेला संयोजक तथा नर्सरी व्यवसायी संघ नेपालकी उपाध्यक्ष  लक्ष्मी महर्जन हस्ताक्षरित विज्ञप्तिमा   जनाइएको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij