Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

अन्तिम बलमा रनआउट गर्दै नेपालको रोमाञ्चक जित, विश्वकप प्रवेशको सम्भावना बलियो

अन्तिम बलमा रनआउट गर्दै नेपालको रोमाञ्चक जित, विश्वकप प्रवेशको सम्भावना बलियो

  •  

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसियन तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको छ।

    ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडमी टर्फ–१ मैदानमा सम्पन्न सुपर सिक्सको दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य यूएईले पछ्याउने क्रममा अन्तिम बलमा रनआउट हुँदै पूरा गर्न सकेन।

    नेपालको उत्कृष्ट फिल्डिङ र निर्णायक क्षणमा देखाएको संयमले टोलीलाई नाटकीय जित दिलाएको हो। यस जितसँगै नेपालले आईसीसी टी–२० विश्वकपमा पुग्ने बलियो सम्भावना कायम राखेको छ।

    नेपालले यसअघि समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्समा स्थान बनाएको थियो। अब बाँकी खेलमा जित हात पार्न सके नेपालले विश्वकपको टिकट पक्का गर्ने मौका पाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij