Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

इजरायलले सबै बन्धकको रिहाइको तयारी, २५० प्यालेस्टिनी कैदी र १,७२२ बन्दी मुक्त हुने

इजरायलले सबै बन्धकको रिहाइको तयारी, २५० प्यालेस्टिनी कैदी र १,७२२ बन्दी मुक्त हुने

  •  


    काठमाडौँ । इजरायली सरकारकी प्रवक्ता शोश बेड्रोसियनले तेल अभिभमा आयोजित पत्रकार सम्मेलनमा “केही घण्टाभित्रै सबै बन्धकहरूको रिहाइ हुने” बताएकी छन्। उनका अनुसार इजरायल शनिबार रातिदेखि नै आफ्ना बन्धकहरूलाई स्वागत गर्न तयार रहेको छ।

    बेड्रोसियनका अनुसार इजरायलले जीवित रहेका २० जना बन्धकहरूलाई सोमबार बिहानै रेड क्रसलाई हस्तान्तरण गरिने अपेक्षा गरेको छ। त्यसपछि उनीहरूलाई सीमा पार गराई रेईम सैन्य अड्डामा लगिनेछ। त्यस्तै, मृत्यु भएका बन्धकहरूको शवलाई इजरायली झण्डामा बेरेर शवपेटामा राखी फोरेन्सिक संस्थानमा लैजाने तयारी गरिएको छ।

    युद्धविराम सम्झौताअनुसार, इजरायलले आजीवन कारावास सजाय भोगिरहेका २५० प्यालेस्टिनी कैदी तथा अक्टोबर ७, २०२३ पछि पक्राउ परेका १,७२२ गाजाका बन्दीहरूलाई रिहा गर्ने सहमति गरेको छ। रिहा हुनेमध्ये करिब दुई दर्जन बालबालिका पनि रहेका छन्।

    प्रवक्ता बेड्रोसियनका अनुसार, हमासले दुई वर्षअघि नै बन्धकहरूलाई रिहा गर्न सक्ने संकेत दिएको भए पनि त्यो व्यवहारिक रूपमा कार्यान्वयन हुन सकेको थिएन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij