Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २६ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २६ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २६ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

     

    शेयर बजारमा नेप्से परिसूचक ७८.८३ अंकले भासियो, नेप्से परिसूचक २५०३.३५ बिन्दुमा , ६ अर्ब कारोबार

    काठमाडौँ ।  शेयर बजारमा ७८.८३ अंकको ठुलो गिरावटले भासिएर नेप्से परिसूचक २५०३.३५ बिन्दुमा अडिन् पुगेको छ ।आइतबार भासिएको शेयर बजारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भयो ।

     

    कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्। होटल तथा पर्यटन उपसमूहको सूचक सर्वाधिक ४.८४ प्रतिशतले ओरालो लागेको छ। त्यसैगरी  अन्य उपसमूहको सूचक ४.७९ प्रतिशतले घटेको छ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला भदौ २२ गते २७०८ अंकमा रहेको नेप्से परिसूचकको आधारमा नेप्सेमा २सय५ अंकको गिरावट आएको छ।

    सञ्चालक समितिले बेवास्ता गर्दा अझै टुङ्गिएन नेप्सेका कर्मचारीहरूको आन्दोलन

    काठमाडौँ । श्रम कानुन बमोजिम पाउनु पर्ने बोनस नपाएकाले आन्दोलनमा उत्रेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीको आन्दोलनको सुनुवाईमा ढिलाइ भइरहेको  छ ।
    बोनसबापत ४ वर्षमा पाउनुपर्ने करिब १० करोड रकम नपाएपछि विगत १९ दिनेदेखिको  उनीहरूको आन्दोलन जारी रहेपनि कुनै सुनुवाई नभएको हो ।
    आन्दोलनरत कर्मचारीले अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूणामणि चापागाईंलाई कार्यालयमा प्रवेश गर्न नदिई हातमा कालोपट्टी बाँधेर  काम गरिरहेका छन् ।

    ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकले कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश ९कर प्रयोजनार्थ सहित० वितरण गर्ने भएको हो । बैंकको २५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ ।

    अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
     
    केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय ९भारतीय मुद्रा समेत०को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

    अन्तिम बलमा रनआउट गर्दै नेपालको रोमाञ्चक जित, विश्वकप प्रवेशको सम्भावना बलियो

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसियन तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको छ।

    ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडमी टर्फ–१ मैदानमा सम्पन्न सुपर सिक्सको दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य यूएईले पछ्याउने क्रममा अन्तिम बलमा रनआउट हुँदै पूरा गर्न सकेन।

     

    नेपालको उत्कृष्ट फिल्डिङ र निर्णायक क्षणमा देखाएको संयमले टोलीलाई नाटकीय जित दिलाएको हो। यस जितसँगै नेपालले आईसीसी टी–२० विश्वकपमा पुग्ने बलियो सम्भावना कायम राखेको छ।

    जनमत पार्टीबाट विभाजन, दीपककुमार साहको नेतृत्वमा ‘नेपाल स्वराज पार्टी’ दर्ता प्रयत्न

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साहले नयाँ राजनीतिक दल ‘नेपाल स्वराज पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग्गिएर साहको नेतृत्वमा नयाँ दल गठनको प्रक्रिया अघि बढाइएको हो।

    निर्वाचन आयोगका उपन्यायाधिवक्ता विष्णु पौडेलका अनुसार साहसहित २० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल दर्ताका लागि निवेदन दर्ता भएको छ। पौडेलले भने, “उहाँहरूले पदाधिकारी र सदस्यहरूको विवरणसहित दल दर्ताका लागि निवेदन दिनुभएको छ, आयोगले कानुनी प्रक्रिया अनुसार अध्ययन गरी निर्णय लिनेछ।”

    राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरण : पक्राउ दुई, बाँकी रकम र सुन अज्ञात

    काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिक रहेको राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाटको घटना भएको महिनौँ बितिसक्दा पनि लुटिएको रकम र सुनबारे केही पत्ता लागेको छैन।

    आन्दोलन हिंसात्मक बनेपछि प्रदर्शनकारीको समूहले बैंकमा तोडफोड गरी लुटपाट गरेको थियो। बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगदसहित कुल ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको थियो।

    हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छः मन्त्री खरेल

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताउनुभएको छ ।  

     

     

    नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट गर्नुभयो । 

    राजस्व अनुसन्धान विभागद्वारा भेपको अवैध ओसारमा राजस्व चुहावट कसुरमा तामाङ्गसहित दश जना विरुद्ध करिब तीन करोड बिगो बराबरको मुद्दा दायर

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले ४८३० थान विद्युतीय चुरोट (भेप)सम्बन्धी अनुसन्धान गरी  राजस्व चुहावटको कसुरमा १० जना विरुद्ध करिब तीन करोड बिगो मागदाबीसहितको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले २०८२/०३/२२ देखि चीनमा उत्पादित ४८३० थान विद्युतीय चुरोट (भेप) सहित विशाल तामाङ्गलाई नियन्त्रणमा लिई गरेको अनुसन्धान पछि तामाङ्गसहित १० विरुद्ध उक्त मुद्दा दायर गरेको हो ।

    पूर्व सभामुख तथा अर्थमन्त्री कृष्णबहादुर महरा पक्राउ

    काठमाडौँ । प्रहरीले  पूर्व सभामुख तथा अर्थमन्त्री कृष्णबहादर महरा पक्राउ परेका छन् ।प्रहरीले पूर्वसभामुख महरालाई  विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

     

    उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै केही दिन अघि बयान लिइएपछि महरालाई पक्राउ गरिएको हो ।त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।

    सञ्चालक समितिले बेवास्ता गर्दा अझै टुङ्गिएन नेप्सेका कर्मचारीहरूको आन्दोलन

    काठमाडौँ । श्रम कानुन बमोजिम पाउनु पर्ने बोनस नपाएकाले आन्दोलनमा उत्रेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीको आन्दोलनको सुनुवाईमा ढिलाइ भइरहेको  छ ।
    बोनसबापत ४ वर्षमा पाउनुपर्ने करिब १० करोड रकम नपाएपछि विगत १९ दिनेदेखिको  उनीहरूको आन्दोलन जारी रहेपनि कुनै सुनुवाई नभएको हो ।

    प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगेको भन्ने दाबी प्रमाणित गर्न चुनौती

    काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगेको भन्ने दाबी प्रमाणित गर्न चुनौती दिएको छ।

     

    भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरिएको भिडिओ सामाजिक सञ्जालमा आए पछि त्यसको खण्डन गर्दै सचिवालयले यस्तो चुनौती दिएको हो ।

    आइतबार सुनको मूल्यमा वृद्धि भई प्रतितोला २ लाख ३८ हजार रुपैयाँ   कायम

    काठमाडौँ । आइतबार सुनको मूल्यमा वृद्धि भई प्रतितोला २ लाख ३८ हजार रुपैयाँ   कायम भएको छ ।  शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको हो ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

    आइतबार राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ  आइतबार तान्न लागेको  छ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो । ७ दिने निक्षेप संकलन उपकरणको कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले सूचनामा जनाएको छ ।

    तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

    काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् ।

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

     

     

    युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

     

     
     
     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij