Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

जनमत पार्टीबाट विभाजन, दीपककुमार साहको नेतृत्वमा ‘नेपाल स्वराज पार्टी’ दर्ता प्रयत्न

जनमत पार्टीबाट विभाजन, दीपककुमार साहको नेतृत्वमा ‘नेपाल स्वराज पार्टी’ दर्ता प्रयत्न

  •  

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साहले नयाँ राजनीतिक दल ‘नेपाल स्वराज पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग्गिएर साहको नेतृत्वमा नयाँ दल गठनको प्रक्रिया अघि बढाइएको हो।

    निर्वाचन आयोगका उपन्यायाधिवक्ता विष्णु पौडेलका अनुसार साहसहित २० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल दर्ताका लागि निवेदन दर्ता भएको छ। पौडेलले भने, “उहाँहरूले पदाधिकारी र सदस्यहरूको विवरणसहित दल दर्ताका लागि निवेदन दिनुभएको छ, आयोगले कानुनी प्रक्रिया अनुसार अध्ययन गरी निर्णय लिनेछ।”

    हाल प्रतिनिधिसभा विघटनको अवस्थामा दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यको समर्थन पुगेमा नयाँ दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ।

    जनमत पार्टीले यसअघि उपाध्यक्ष साह र तत्कालीन कोषाध्यक्षलाई पार्टीबाट निष्कासन गरेको थियो। तर आयोगका अनुसार उक्त कारबाही विधिसम्मत र अद्यावधिक नभएकाले विभाजन पक्षको दाबीलाई वैधता मिल्न सक्ने देखिन्छ।

    उपन्यायाधिवक्ता पौडेलका अनुसार, “केवल कारबाही भएको भन्दैमा पर्याप्त हुँदैन। त्यो कारबाही कानुनअनुसार भएको हो कि होइन, अद्यावधिक गरिएको छ कि छैन भन्ने पनि आयोगले हेर्छ।”

    आयोगमा दर्ता प्रक्रिया अगाडि बढेपछि अब जनमत पार्टी र नेपाल स्वराज पार्टीबीच औपचारिक विभाजनको वैधताबारे निर्णय आयोगले निकट भविष्यमा गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij