Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

पूर्व सभामुख तथा अर्थमन्त्री कृष्णबहादुर महरा पक्राउ

पूर्व सभामुख तथा अर्थमन्त्री कृष्णबहादुर महरा पक्राउ

  • काठमाडौँ । प्रहरीले  पूर्व सभामुख तथा अर्थमन्त्री कृष्णबहादर महरा पक्राउ परेका छन् ।प्रहरीले पूर्वसभामुख महरालाई  विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

    उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै केही दिन अघि बयान लिइएपछि महरालाई पक्राउ गरिएको हो ।त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।

    यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धानको फाइल अगाडि नबढाइएको चर्चा भने रहेको थियो ।

    prahari.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij