
काठमाडौँ । राजस्व अनुसन्धान विभागले ४८३० थान विद्युतीय चुरोट (भेप)सम्बन्धी अनुसन्धान गरी राजस्व चुहावटको कसुरमा १० जना विरुद्ध करिब तीन करोड बिगो मागदाबीसहितको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले २०८२/०३/२२ देखि चीनमा उत्पादित ४८३० थान विद्युतीय चुरोट (भेप) सहित विशाल तामाङ्गलाई नियन्त्रणमा लिई गरेको अनुसन्धान पछि तामाङ्गसहित १० विरुद्ध उक्त मुद्दा दायर गरेको हो ।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘२०८२/०३/२२ मा यस विभागमा पेश हुन आएकोमा यस विभागवाट अनुसन्धान कार्य सम्पन्न गरी भेपको भन्सार चोरी पैठारीमा संलग्न भएका जिल्ला सिन्धुपाल्चोक, वाह्रविसे नगरपालिका वडा नं. ६ का विनोद बहादुर गुभाजुसमेत तीन (३) जनालाई मुख्य प्रतिवादी र सिन्धुपाल्चोक जिल्ला, बाह्रविसे नगरपालिका वडा नं. २ स्थायी ठेगाना भएका नवराज तामाङसमेत सात (७) जनालाई मतियार गरी जम्मा दश (१०) जना विरुद्ध सम्मानित ललितपुर जिल्ला अदालत, लगनखेलमा मिति २०८२÷०५÷२३ गते अभियोगपत्र दायर गरिएको।’
विज्ञप्तिमा आगडि भनिएको छ‘ प्रस्तुत राजस्व चुहावटको कसूरमा मुख्य प्रतिवादी विनोद बहादुर गुभाजुले सिता तामाङ्ग शेर्पा समेतका मानिसहरुलाई परिचालन गरी योजनाबद्ध तरिकाले तातोपानी नाकादेखि काठमाडौंसम्म भेप चोरी पैठारी गरी ल्याउने कार्य गरे÷गराएको देखिन्छ। अर्का प्रतिवादी बावु शेर्पा भनिने राजेन्द्र शेर्पाले चीनवाट सिता तामाङ्गले भरियामार्फत ल्याएको उक्त भेप बाह्रबिसेस्थित आफ्नै घर÷कोठामा लुकाई छिपाई भण्डारण गरेको र ड्राइभर नारायण कुमार श्रेष्ठलाई प्रयोग गरी ट्रकमार्फत काठमाडौं पठाएको देखिन्छ। त्यस्तै, चोरी पैठारी भएको उक्त भेप वाटोवाटै लुट्ने योजनाका मुख्य योजनाकार शिवराज लामाले भेप चोरीको लागि भ्यान चालक विशाल तामाङ्गसमेत अन्य व्यक्तिहरुलाई प्रलोभनमा पारी जिल्ला भक्तपुर, सानोठिमी नजिकवाट भेप लुटपाट गरी आफ्नो घर÷कोठामा लगी भण्डारण गरे÷गराएको देखिन्छ भने निज शिवराज लामा र राजेन्द्र शेर्पा भेप पक्राउ परे लगत्तै फरार रही बसेको अवस्था रहेको।’
अतः प्रतिवादीहरुको उक्त कार्य प्रचलित राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको तथा सोही ऐनको दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिमको कसूर भएको देखिएकाले ऐ.ऐनको दफा २(छ१) (ङ) बमोजिम मुख्य प्रतिवादीहरु विनोद बहादुर गुभाजु, राजेन्द्र शेर्पा र शिवराज लामालाई भेप चोरी पैठारीको योजना वनाउने, भेप ओसारपसार तथा भण्डारण गर्ने र लुट्ने योजना बनाई अन्य सहयोगी मार्फत लुटी घर÷कोठामा राखे सम्मको कार्य गरेको आधारमा कुल बिगो रु.१,१९,००,१६०।६५ (अक्षरेपि एक करोड उन्नाइस लाख एक सय साठी रुपियाँ पैसा पैंसठ्ठी मात्र) कायम गरी ऐ. ऐनको दफा २३(१) बमोजिम वरामदित ४८३० थान भेप (विगो) जफत गर्ने र तीन जना मुख्य प्रतिवादीहरु विनोद बहादुर गुभाजु, राजेन्द्र शेर्पा र शिवराज लामालाई विगो रकमको शतप्रतिशत रकम रु.१,१९,००,१६०।६५ दामासाहीका हिसावले जरिवाना गर्ने र ऐ. ऐनको दफा २३(१) (ख) वमोजिम हदै सम्मको कैद सजायको मागदाबी लिइएको विभागले जनाएको छ ।
उक्त भेप भन्सार चोरी पैठारी, ओसारपसार र ढुवानी तथा भण्डारणको कार्यमा मुख्य प्रतिवादीहरु विनोद बहादुर गुभाजु, राजेन्द्र शेर्पा र शिवराज लामालाई मतियारको रुपमा साथ र सहयोग गर्ने प्रतिवादीहरु सीता तामाङ्ग शेर्पा, नारायण कुमार श्रेष्ठ, नवराज तामाङ्ग, हेमराज पराजुली, कविराज थापा, अनुप शर्मा तिमिल्सिना र विशाल तामाङ्गलाई राजस्व चुहावट (नियन्त्रण तथा अनुसन्धान) ऐन, २०५२ को दफा २३(३) वमोजिम मुख्यकसूरदारलाई हुने बिगोको आधा रु.५९,५०,०८०। ३३०० (अक्षरेपि उनान्साठी लाख पचास हजार असी रुपियाँ पैसा तेत्तिस मात्र) दामासाहीका हिसाबले जरिवाना गर्ने मागदावी लिइएको जनाउँदै विभागकी उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनेको ‘
यसरी प्रस्तुत राजस्व चुहावटको कसूरमा प्रतिवादीहरु उपर रु.१,१९,००,१६०।६५ बराबरको बिगो (बरामदित भेप) जफत गरी बिगोको शतप्रतिशत जरिवाना रु.१,१९,००,१६०।६५ र मतियारहरुवाट माग भएको जरिवाना रकम रु.५९,५०,०८०।३३ समेत गरी कुल जम्मा रु.२,९७,५०,४०१।६३ (अक्षेरुपि दुई करोड सन्तानव्वे लाख पचास हजार चार सय एक रुपियाँ पैसा त्रिसष्ठी मात्र) बराबरको जरिवानाको मागदावी लिई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०(१) वमोजिम जिल्ला सरकारी वकील कार्यालय, लगनखेल, ललितपुरको निर्णयबमोजिम ऐ.ऐनको दफा १८(१) वमोजिमको मुद्दा हेर्ने सम्मानित ललितपुर जिल्ला अदालत, लगनखेलसमक्ष ऐ. ऐनको दफा २०(६) बमोजिम अभियोगपत्र दर्ता गरिएको छ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij