
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करिब सवा ४४ अर्ब रुपैयाँ लागतमा ४ वटा प्रसारण लाइन निर्माण गर्न लागेको छ ।प्राधिकरणले न्यु खिम्ती–ढल्केबर ४०० केभी, अरुण हब–इनरुवा ४०० केभी, तिङ्ला–दुधकोसी–ढल्केबर ४०० कभी र लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्ने जनाएको हो।
प्रसारण लाइन सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडेलमा निर्माण गर्ने प्राधिकरणले जनाउँदै यसका लागि ४४ अर्ब २० करोड लागत अनुमान गरिएको खुलाएको छ । प्रसारण लाइन बुट मोडेलमा निर्माण गरिने छ।यी चार वटा प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सोमबार आशयपत्र माग गरेको छ । आशयपत्र पेस गर्न इच्छुक फर्म वा कम्पनीलाई ३० दिनको समय दिइएको छ।न्यु खिम्ती–ढल्केबर ८० किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि ११ अर्ब ५ करोड १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यसैगरी अरुण हब–इनरुवा ९४ किलोमिटरका लागि ११ अर्ब ५ करोड १२ लाख, तिङ्ले–दुधकोसी–ढल्केबर ११८ किलोमिटरका लागि १९ अर्ब ६१ करोड ४८ लाख र लप्सीफेदी–तीनपिप्ले ३० किलोमिटरका लागि २ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij