Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

स्वास्थ्य मन्त्री पौडेलद्वारा एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक

स्वास्थ्य मन्त्री पौडेलद्वारा एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक वर्षे कार्यकालको जानकारी गराएका छन् ।सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन् ।कार्यविधि र निर्देशिका तर्जुमा तथा विषयगत समिति गठनलाई मुख्य उपलब्धि भन्दै  उनले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेका छन्।१५ पृष्ठमा सार्वजनिक गरिएको प्रतिवेदनमा उनले एक वर्षमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरिएको छ ।

    helm1.jpeg

    मन्त्री पौडेलले भने ‘एक वर्षको यो छोटो अवधिभित्रै उल्लेख्य सफलता हासिल गर्न सफल भएका छौं। यीमध्ये कतिपय कार्यक्रमले नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेका छन्,’ ।उनका अनुसार मन्त्रालयले नियमितरुपमा गरेका गतिविधि र कानुन अनुसार गर्नुपर्ने काम अगाडि बढाइरहेको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न विषयगत समिति र राष्ट्रिय जनस्वास्थ्य समितिलाई क्रियाशील बनाइएको छ । प्राविधिक उपसमिति गठन गरी  तथा कर्मचारी समायोजन गरिएको छ ।

    helm3.jpeg

    संघीय अस्पतालमा बिग्रिएर थन्क्याइएका ९०० भन्दा बढी उपकरण राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मर्मत गरी पुनः प्रयोगका ल्याइएको, न्याम्समा पोष्ट ग्राजुयटतर्फ करिब ४०० सिट थपिएको, सुर्ती छाड्ने हेल्प लाइन स्थापना गरिएको छ । स्वास्थ्य मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाबारे गुनासो सम्बोधनका लागि हटलाइनको व्यवस्था गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij