Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

आन्तरिक राजस्व कार्यालयद्वारा राजस्व सङ्कलनमा सात दशमलव ४४ प्रतिशले वृद्धि

आन्तरिक राजस्व कार्यालयद्वारा राजस्व सङ्कलनमा सात दशमलव ४४ प्रतिशले वृद्धि

  • कैलाली । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा रु दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो । कार्यालयले गत आवमा रु तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत सङ्कलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिनुभयो ।

    गत आवको लक्ष्य बराबरको राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी सङ्कलन भएको उहाँले बताउनुभयो । राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट रु २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट रु एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्तःशुल्क आयकरबाट रु १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट रु एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो । आव २०८०/८१ मा रु तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा रु दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको थियो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij