Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

नबिल बैंकको ‘७%नबिल डिबेञ्चर २०८९’ ऋणपत्र निष्कासन खुला, न्यूनतम २५ कित्ताबाट आवेदन गर्न सकिने

नबिल बैंकको ‘७%नबिल डिबेञ्चर २०८९’ ऋणपत्र निष्कासन खुला, न्यूनतम २५ कित्ताबाट आवेदन गर्न सकिने

  •  

    काठमाडौं । नबिल बैंक लिमिटेडले आज (मंगलबार) देखि ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सार्वजनिक निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। आठ वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत स्थिर ब्याजदर पाउनेछन्, जुन दीर्घकालीन सुरक्षित लगानीको अवसर मानिन्छ।

    बैंकले कुल ३० लाख कित्ता, प्रतिकित्ता १,००० रुपैयाँ अंकित दरमा, ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो। यसमध्ये ६० प्रतिशत ९१८ लाख कित्ता० ऋणपत्र निजी तवरबाट बाँडफाँट गरिनेछ भने ४० प्रतिशत (१२ लाख कित्ता) सर्वसाधारणका लागि सार्वजनिक रुपमा जारी गरिएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत ९६०,००० कित्ता० सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

    न्यूनतम २५ कित्ता ऋणपत्र खरिदका लागि आवेदन दिनुपर्नेछ भने इच्छुक लगानीकर्ताले अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते सम्म रहनेछ।

    ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई दिइएको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सि(आस्वा प्रणाली प्रयोग गरी वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij