Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

सिन्धु विकास बैंकको नाफामा २८७% को उछाल, खराब कर्जा घट्दा मुनाफामा उल्लेख्य सुधार

सिन्धु विकास बैंकको नाफामा २८७% को उछाल, खराब कर्जा घट्दा मुनाफामा उल्लेख्य सुधार

  •  

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सिन्धु विकास बैंकले अत्यधिक सुधार देखाउँदै २८७.६० प्रतिशतले खुद नाफा वृद्धि गर्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, सो अवधिमा बैंकले ११ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ३ करोड ४ लाख रुपैयाँ तुलनामा तीन गुणाभन्दा बढी हो।

    बैंकको नाफा वृद्धिको मुख्य कारण भनेको खराब कर्जा  को उल्लेख्य कमी हो। अघिल्लो वर्षको १०.६३ प्रतिशत खराब कर्जा दर घटेर ६।०३ प्रतिशतमा झर्दा, बैंकले १७ करोड ९० लाख रुपैयाँको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भयो। यसले सञ्चालन मुनाफालाई निकै बलियो बनाएको छ।

    यद्यपि, खुद ब्याज आम्दानीमा ३०.१४५ र फी तथा कमिशन आम्दानीमा ३४.५३% को गिरावट आएको छ भने कुल सञ्चालन आम्दानी पनि ३०.४९% ले घटेको देखिएको छ। तर त्यसको विपरीत, बैंकको सञ्चालन मुनाफा भने ४१७.३९% ले उक्लिएको छ, जसले नाफामा उल्लेख्य योगदान पुर्‍याएको हो।

    नाफासँगै, बैंकको प्रति शेयर आम्दानी  पनि उल्लेखनीय रुपमा १५।६९ रुपैयाँले वृद्धि भई २१.१५ रुपैयाँ पुगेको छ। हाल बैंकको मूल्यरआम्दानी अनुपात  ४०.९९ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ ८६।७० रुपैयाँ पुगेको छ।

    यद्यपि, बैंकको जगेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। साथै, विगत एक वर्षको अवधिमा बैंकको निक्षेप ३.५८% र कर्जा प्रवाह ९।३४५ ले घटेको तथ्यांकले देखाएको छ कि कुल कारोबारी विस्तार भने संकुचित भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij