
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १,८०० रुपैयाँले बढेको हो। यस वृद्धिसँगै सुनको नयाँ मूल्य तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ९सोमबार० सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३२० रुपैयाँमा किनबेच भइरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij