Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

गत आर्थिक वर्ष २०८१/८२ मा   कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात

गत आर्थिक वर्ष २०८१/८२ मा   कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात

  • काठमाडौँ ।  अन्य मुलुकसँग नेपालको व्यापार १९.२४ प्रतिशत बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा   कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात  नेपालमा   भएको देखिएको हो ।  । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

    त्यस्तै निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । एक वर्षमा भएको यो निर्यात सबैभन्दा उच्च हो ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१.८० प्रतिशत बढेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij