
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले आईपीओ जारी गर्नेसहित विभिन्न प्रस्ताव पारित गर्न साउन २८ गते वार्षिक साधारण सभा (एजीएम) गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। यससँगै कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन गर्ने, बोनस सेयर र नगद लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पारित गर्ने पनि जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij