Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

भूगोल इनर्जीले शतप्रतिशत हकप्रद सेयर ल्याउने, साउन २२ मा विशेष सभा

भूगोल इनर्जीले शतप्रतिशत हकप्रद सेयर ल्याउने, साउन २२ मा विशेष सभा

  • काठमाडौं ।भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर प्रस्ताव पारित गर्न साउन २२ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।

    विशेष सभा काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बिहान ९ बजेबाट सुरु हुनेछ। सो सभामा हकप्रद सेयर सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुका साथै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय गरिनेछ।

    कम्पनीको हालको चुक्तापूँजी रु ५४ करोड ४० लाख ५३ हजार रहेको छ। सोही पूँजीको आधारमा शतप्रतिशत  हकप्रद सेयर जारी गरिनेछ।

    विशेष सभाको प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिनको बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij