
काठमाडौँ । गत आवमा विद्युतीय सवारी साधान (ईभी) आयात ८.६७ प्रतिशले बढेको छ । ईभी आयात निरन्तर बढिरहेको अवस्थामा अघिल्लो वर्षको तुलनामा गत आवको असार मसान्तसम्म नेपालमा विद्युतीय सवारी साधनको आयात २ अर्ब ६६ करोड ८५ लाख ५४ हजार रुपैयाँले बढेको हो । यो ८.६७ प्रतिश आकलन गरिएको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आवमा ३० अर्ब ७७ करोड ७३ लाख ३६ हजार रुपैयाँको २३ हजार ८७२ वटा विद्युतीय सवारी साधान आयात गरिएको थियो । यो अवधिमा राज्यले १३ अर्ब ७२ करोड रुपैयाँ राजस्व पाएको छ ।यसैगरी गत आवमा विभिन्न देशबाट ३३ अर्ब ४४ करोड ५८ लाख ९१ हजार रुपैयाँको गाडी आयात भएको छ । १ वर्षको अवधिमा ३० हजार ८३ थान गाडी आयात हुँदा राज्यले २० अर्ब २७ करोड ८४ लाख ५९ हजार रुपैयाँ कर पाएको देखिन्छ ।
नेपालमा सबैभन्दा बढी चीनबाट २६ अर्ब ३३ करोड १० लाख २५ हजार रुपैयाँको २५ हजार १९२ थान सवारी साधान आयात भएका छन् ।भारतबाट ६ अर्ब ६४ करोड ८४ लाख ५९ हजार रुपैयाँको ४ हजार ७८४ थान गाडी आयात भएको छ । विभागका अनुसार नेपालमा चीन, भारतका साथै इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, मलेसिया, अमेरिका लगायत देशबाट विद्युतीय सवारी साधान आयात हुने गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij