
काठमाडौं।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र–२०८५’ आज बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको छ। तीन वर्षे अवधिको यो ऋणपत्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ।
ऋणपत्र खरिदकर्ताहरू प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवै समूहबाट सहभागी हुन सक्नेछन्। यसमा प्रतिस्पर्धीका लागि रु ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीका लागि रु १ अर्ब ५० करोड छुट्याइएको छ। यदि अप्रतिस्पर्धी समूहबाट पर्याप्त बोलकबोल नआएमा बाँकी रकम प्रतिस्पर्धी समूहलाई समायोजन गरिनेछ।
‘विकास ऋणपत्र–२०८५’ नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार योग्य हुनेछ। यसलाई धितो राखी कर्जा लिन सकिने तथा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी प्राप्त हुनेछ। ऋणपत्रको साँवा रकम २०८५ साल साउन ८ गते भुक्तानी गरिने छ। यथासमय ब्याजमा आयकर लाग्ने व्यवस्था पनि गरिएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु साउनदेखि असोज मसान्तसम्म रु १ खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको छ। सो अवधिमा रु १ खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र र बाँकी नागरिक तथा वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ।
कार्यालयले चालु आर्थिक वर्षमा तीन खण्डमा आन्तरिक ऋण उठाउने योजना बनाएको छ:
साउन–असोज:
विकास ऋणपत्र: रु १ खर्ब १० अर्ब
नागरिक बचतपत्र: रु २ अर्ब ५० करोड
वैदेशिक रोजगार बचतपत्र: रु ५० करोड
कात्तिक–पुस:
कुल: रु ८५ अर्ब
ट्रेजरी बिल: रु २५ अर्ब
विकास ऋणपत्र: रु ६० अर्ब
माघ–चैत:
कुल: रु १ खर्ब ९ अर्ब
ट्रेजरी बिल: रु ५० अर्ब
विकास ऋणपत्र: रु ५६ अर्ब
नागरिक बचतपत्र: रु २ अर्ब ५० करोड
वैदेशिक रोजगार बचतपत्र: रु ५० करोड
वैशाख–असार:
कुल: रु ५५ अर्ब
ट्रेजरी बिलमार्फत ११ वटा बिक्री
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि कुल रु १९ खर्ब ६४ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसअनुसार स्रोतका रूपमा सरकारले रु १३ खर्ब १५ अर्ब राजस्व, रु ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण, रु २ खर्ब ३३ अर्ब बाह्य ऋण र रु ५३ अर्ब अनुदानबाट जुटाउने योजना बनाएको छ।
यही लक्ष्य अनुसार विकास ऋणपत्र, ट्रेजरी बिल र अन्य कर्जा उपकरणमार्फत ऋण संकलन गरिँदैछ। सरकारी खर्च व्यवस्थापन र लगानी प्रवाहलाई सहज बनाउन आन्तरिक ऋण महत्त्वपूर्ण स्रोतको रूपमा प्रयोग हुँदै आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij