
काठमाडौं । अमेरिकाबाट समेत गरी चुरा पोते र टिकाको आयात गतवर्ष पौने खर्ब बढीको गरिएको छ ।गत आर्थिक वर्षको असार मसान्तसम्म ८४ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको चुरा, पोते र टिका आयात गरिएको हो । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको १२ महिनामा प्लास्टिकको चुरा र टिका ७ करोड ८६ लाख ६८ हजार बराबरको आयात भएको देखिन्छ ।
सो तथ्यांक अनुसार प्लास्टिकको यस्तो बस्तु सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट यस अवधिमा ७ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको यस्तो वस्तु आयात भएको छ। यसै गरी, चीन, कतार, अमेरिका, उज्बेकिस्तान र नामिबियाबाट यस्तो वस्तु आयात भएको छ ।
यसबाट सरकारले १ करोड ५ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सोहीगरीयस अवधिमा ४६ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको सिसाको चुरा तथा टिका नेपाल भित्रिएको देखिन्छ । सबैभन्दा धेरै सिसाको चुरा तथा टिका भारतबाट आयात भएको छ ।भारतबाट यस अवधिमा ४६ करोड ५१ लाख १६ हजार रुपैयाँ बराबरको सिसाको कुरा तथा टिका आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यस्तो वस्तु अन्य देश चीन, युके, युएई, श्रीलङ्का, कुवेत लगायतका वस्तु आयात भएको छ ।
यसै क्रममा गत आर्थिक वर्षको १२ महिनामा २९ करोड ४६ लाख १० हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । यसबाट सरकारले ८ करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको राजस्व संगलन गरेको छ । पोते चीनबाट धेरै आयात भएको छ । चीनबाट २३ करोड ४२ लाख २५ हजार रुपैयाँ बराबरको पोते आयात भएको देखिन् छ। यसपछि सबैभन्दा धेरै पोते आयात हुने दोस्रो देश भारत छ । यस अवधिमा भारतबाट १ अर्ब ७३ करोड २४ लाख रुपैयाँ बराबरको पोते आयात भएको देखिन्छ ।यस्तै पोते सबैभन्दा धेरै आयात हुने तेस्रो देश जापान छ । जापानबाट ३ करोड ५९ लाख १६ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij