Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने, अन्डरग्राउन्ड केवल उत्पादन सुरु गर्ने तयारी

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने, अन्डरग्राउन्ड केवल उत्पादन सुरु गर्ने तयारी

  •  

    काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई आफ्नो निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यस सम्बन्धमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

    कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत हिस्सा सर्वसाधारणलाई निष्काशन गर्ने योजना बनाएको छ। यस आईपीओ मार्फत नेपाली नागरिकलाई एक सम्भावनायुक्त र आधुनिक प्रविधिमा आधारित उद्योगमा लगानी गर्ने सुवर्ण अवसर प्रदान गरिने बताइएको छ।

    आईपीओबाट संकलित पूँजीको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक भूमिगत (अन्डरग्राउन्ड) केवल उत्पादन सुरु गर्नका लागि गर्नेछ। यसले विद्युत् सामग्रीको आयातमा निर्भरता घटाउँदै स्वदेशमै उत्पादनमार्फत आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ। साथै, अत्याधुनिक एबिनियम  एबिलत जडान गरेर उत्पादन प्रक्रियालाई प्रविधिमैत्री बनाउने योजना कम्पनीले अघि सारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij