
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले (क्यान)देशभरका विभिन्न विमानस्थलका लागि ४९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ र्। प्राधिकरणले विमानस्थलका लागि ४९ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी सार्वजनिक गरेको हो।प्राधिकरणका अनुसार महेन्द्रनगर विमानस्थलको नयाँ टर्मिनल भवन तथा टावर निर्माणका लागि १ करोड छ्ट्याइएको छ । त्यसैगरी भोजपुर विमानस्थलका लागि १ करोड, रारा विमानस्थलमा १ करोड, जुम्ला विमानस्थलमा ४ करोड, डोटी विमानस्थलमा १ करोड, भरतपुर विमानस्थलमा ४ करोड, उदयपुरमा बन्ने सगरमाथा विमानस्थलमा १ करोड, टिकापुर विमानस्थलमा ३ करोड, बाजुरा विमानस्थलमा १ करोड, तेह्रथुमको चुहानडाँडा विमानस्थलको लागि १ करोड र नेपालगन्ज विमानस्थललाई ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी कमलबजार विमानस्थललाई २ करोड, ताप्लेजुङको सुकेटार विमानस्थलमा १ करोड, दार्चुलाको गोकुलेश्वर विमानस्थलमा २ करोड, महेन्द्रनगर विमानस्थलमा २ करोड, दाङ विमानस्थलमा १ करोड, अजयमेरु पुइलेक विमानस्थलमा ३ करोड, भद्रपुर विमानस्थलमा १ करोड , गौतमबुद्ध विमानस्थलमा १ करोड, विराटनगर विमानस्थलमा ४ करोड, सुर्खेत विमानस्थलमा २ करोड सिमकोट विमानस्थलमा ७ करोड ९४ लाख भने त्रिभुवन विमास्थल बुटिक निर्माण र अर्घाखाँची विमानस्थलको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij