Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

डीडीसीमा महाप्रबन्धक जगदीश पाण्डे आउनासाथ बबण्डर,  बालाजुका प्रमुख यादवको सरुवापछि भयो बबण्डर

डीडीसीमा महाप्रबन्धक जगदीश पाण्डे आउनासाथ बबण्डर,  बालाजुका प्रमुख यादवको सरुवापछि भयो बबण्डर

  • काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) को महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डे आउनासाथ बबण्डर भएको छ ।काठमाडौँ दुग्ध वितरण आयोजनाका प्रमुख इन्द्रभूषण कुमार यादवलाई  अचानक सरुवा गरिएपछि बबण्डर भएको हो । यादवलाई गत साउन ४ गते महाप्रबन्धक पाण्डेले सरुवा गरेका थिए । सरुवा गरेको हल्लासँगै काठमाडौँ दुग्ध वितरण आयोजनाका कर्मचारीहरूले फ्याक्ट्री बन्द गरेर विरोधमा उत्रिएका थिए । संस्थानको मुटु मानिने काठमाडौँ दुग्ध वितरण आयोजना बालाजुका कर्मचारीहरू आन्दोलित भएपछि अन्ततः सरुवाको पत्र संस्थानको केन्द्रीय कार्यालयमै थन्क्याइएको छ ।

    विभिन्न शक्तिकेन्द्र र युनियनको दबाबमा  यादवको सरुवा गरेका पाण्डेले दुग्ध विकास संस्थानमा ६ महिना मात्रै सेवा अवधि बाँकी रहेका नीलकण्ठ गौतमलाई काठमाडौँ दुग्ध वितरण आयोजनाको प्रमुखमा सरुवा गर्न लागेका थिए । कोमामा पुग्नै लागेको संस्थानलाई ६ महिनादेखि आफ्नो ठाउँबाट त्राण दिइरहेका इन्द्रभूषण कुमार यादवले ६ महिनामा काठमाडौँ दुग्ध वितरण आयोजनालाई १४ करोड नाफा गराएका छन् ।विगत माघ यतादेखि किसानहरूको दुधको भुक्तानी दिन नसकेको संस्थान  एक पछि अर्को गर्दै धराशायी बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij