Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक : खुद नाफा साढे ६ प्रतिशतले वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंकको चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक : खुद नाफा साढे ६ प्रतिशतले वृद्धि

  •  

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा ६.५ प्रतिशतले वृद्धि भई ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको देखिएको छ, जुन अघिल्लो वर्ष सोही अवधिको ५० करोड ४२ लाख रुपैयाँ नाफासँग तुलना गर्दा उल्लेखनीय हो।बैंकको चौथो त्रैमाससम्मको वितरणयोग्य नाफा ४१ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा वितरणयोग्य नाफा १३ करोड १८ लाख रुपैयाँ मात्र थियो, जसको तुलनामा यस वर्ष उल्लेखनीय वृद्धि भएको छ।इम्पेरमेन्ट चार्जमा पनि केही सुधार देखिएको छ। अघिल्लो वर्षको ३५ करोड ७० लाख रुपैयाँभन्दा बढी रहेको चार्ज चालू वर्षमा घटेर ३४ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।

    चुक्ता पूँजी: ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ

    जगेडा कोष: १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी

    निक्षेप संकलन: ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँभन्दा बढी

    कर्जा प्रवाह: ४३ अर्ब २ करोड रुपैयाँभन्दा बढी
    बैंकको निष्क्रिय कर्जा अनुपात ९ल्एी० अघिल्लो वर्ष ३।९३ प्रतिशत रहेकोमा यस वर्ष बढेर ५।६४ प्रतिशत पुगेको छ, जुन केही चुनौतीपूर्ण अवस्था दर्शाउँछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij