
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले सहिद स्मृति दिवस मनाउने भएको छ ।युनियनले यसका लागि विभिन्न कार्यक्रम तय गरेको एक पत्रकार सम्मेलन गरी जनाएको हो । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ‘ प्रजातन्त्रको पूनःस्थापना सँगै पेसाकर्मीहरुका हक, अधिकार, जनताका सेवा प्रवाहलाई व्यवस्थित गर्ने, सुशासन, लोकतन्त्र, शान्ति र मानव अधिकारको पक्षमा आवाज उठाउदै पेसागत क्षेत्रको पहिलो राष्ट्रिय स्तरको ट्रेड युनियनको रुपमा नेपाल निजामती कर्मचारी संगठनको स्थापना २०४७ साल वैशाख ७ गते भएको हो । संगठनको स्थापनासँगै पेसागत आन्दोलनका साझा उद्देश्यहरु पूरा गर्न, वार्ता, संवाद र सामूहिक सौदाबाजीका माध्यमबाट समस्याको निकास निष्कन्छ भन्ने मान्यतामा संगठन रहेको छ । २०४८ सालमा भएको ५६ दिने ऐतिहासिक आन्दोलनको दौरानमा ऐक्यवद्धता प्रकट गर्न सहभागि हुँदा २०४८ श्रवण १५ गते प्रहरीको गोलीवाट खोटाङको दिक्तेलमा शाहदत प्राप्त गर्नु भएका सहिद मनोज जोशी, कर्मचारी आन्दोलनमा सहभागी हुँदा कास्कीमा झपेन्द्र कार्की, तत्कालीन मुगु जिल्ला कार्य समितिका अध्यक्ष सुरेन्द्र विश्वकर्मा समेतको बलिदानबाट आफुलाई व्यवस्थित गर्दै १२ वटा महाधिवेशन सम्पन्न गरेको छ।केन्द्रीय कार्य समिति, केन्द्रीय कार्य समिति अन्तर्गत १७ वटा केन्द्रीय विभागहरु, ७७ जिल्ला कार्य समिति र ४१ विभागीय कार्य समिति र करिव ५०० पालिका कार्य समिति मार्फत संगठनले आफ्ना गतिविधीहरु लाई व्यवस्थित रुपमा अगाडि बढीरहेको छ। यिनै राष्ट्रिय सहिदहरुको स्मरणमा मनाउदै आएको सहिद स्मृति दिवस यस वर्ष पनि विविध कार्यक्रम गरी सम्पन्न गरिने छ । सहिद स्मृती दिवसको सन्दर्भ पारेर २०८२ असार २९ गते भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भइ सकेको छ भने "सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२" मा देहायका कार्यक्रमहरु भव्यतापूर्वक मनाउने व्यहोरा समेत अनुरोध गर्दछु । ’
विज्ञप्तिमा जनाइए अनुसार सहिद स्मृति दिवस २०८२ का कार्यक्रमः १) "अन्तर ट्रेड युनियन व्याडमिन्टन प्रतियोगिता" मितिः २०८२ श्रावण ९ र १० गते ।समयः दिउसो ११:०० वजे देखि । स्थानः देवीनगर क्लव, बानेश्वर २) "वृक्षारोपण तथा गोडमेल कार्यक्रम"
मितिः २०८२ श्रावण १० गते शनिवार । समयः विहान ८:०० वजे । स्थानः तीनकुने पुल भन्दा माथि, बानेश्वर क्याम्पस नजिक । ३) "बृहत् रक्तदान कार्यक्रम" मितिः २०८२ श्रावण ११ गते आईतवार । समयः विहान १०:३० देखि दिउसो ३:०० वजेसम्म । स्थानः सहिद स्मृति भवन केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौं । ४) "राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता २०८२" मितिः २०८२ श्रावण १२ र १३ गते ।
समयः विहान ११:०० बजे । स्थानः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चालय, सिंहदरबार, काठमाडौ "सहिद स्मृति मूल समारोह, उत्त्कृष्ट कार्यसमिति घोषणा, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम" मितिः २०८२ श्रावण १५ गते विहिवार । समयः दिउसो २.३० बजे । स्थानः क्वालिटी बैडक्वेट, बुद्धनगर, काठमाडौमा हुने तय गरिएको छ ।
संघीय निजामती सेवा विधेयक सम्बन्धी सगठनले विगत लामो समयदेखि उठान गरेका मागहरु संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नु पर्ने, कार्यालय प्रमुख हुने वाहेक संघ, प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत आठौं तह वा सो भन्दा मुनिका कर्मचारीले आफ्नो पेसागत हक हितका लागि सामूहिक सौदाबाजी सहितको राष्ट्रियस्तरको ट्रेड युनियनको गठन, कुनै पनि पदमा ५ वर्ष सेवा अवधि पुरा भएको कर्मचारीलाई एक तह वृद्धि र १० वर्ष वा सोभन्दा बढी सेवा अवधि पुरा भएको र तोकिए बमोजिमको योग्यता भएका कर्मचारीलाई एक श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने, सहायक चौथो तहमा पदपूर्ति गर्दा खुला ७० प्रतिशत, अन्तरतह २० प्रतिशत र बढुवा १० प्रतिशत, अधिकृत सातौं तहको पदपूर्तिमा खुला ५० प्रतिशत, बढुवा ४० प्रतिशत र अन्तरतह १० प्रतिशत, एक पटक समायोजनको अवसर प्रदान गर्नु पर्ने, निवृत्तिभरण पाउने गरी नियुक्त भएको कर्मचारी प्रदेश र स्थानीय तहमा प्रदेश कानून बमोजिम नियुक्ति भएमा निवृत्तिभरण प्राप्त गर्ने प्रावधान कायम गर्नुपर्ने, अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगिताबाट स्थायी गर्ने र स्थायी हुन नसक्ने कर्मचारीलाई तोकिए बमोजिमको सुविधा दिएर अवकाश दिने, राजपत्रांकित विशिष्ट श्रेणी अधिकृत तेहौं र अधिकृत चौधौं तहको पदमा ६ बर्ष सेवा अवधि कायम गर्ने तर अधिकृत चौधौं तहको पदमा ४ वर्ष मात्र वहाल रहने, सहायक तहको पदमा बढुवाको लागि योग्य हुन ३ वर्ष र अधिकृत तहको पदमा बढुवाको लागि योग्य हुन ५ वर्ष सेवा अवधि भएको हुनु पर्ने लगायतका विषयहरु समावेश गरी राष्ट्रिय सभाबाट संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनेछ भन्ने आशा एवम् विश्वास लिइएको अध्यक्ष - भवानी न्यौपाने दाहाल र महासचिव रामचन्द्र अधिकारीद्वारा संयुक्तरूपामा जारी विज्ञप्तिमा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij