Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

सुनको मूल्यमा वृद्धि भई बिहीबार तोलाको अढाई लाख बढी, बन्यो अर्को नयाँ रेकर्ड

सुनको मूल्यमा वृद्धि भई बिहीबार तोलाको अढाई लाख बढी, बन्यो अर्को नयाँ रेकर्ड

  • काठमाडौँ । सुनको मूल्यमा वृद्धि भई  बिहीबार तोलाको अढाई लाख बढी भई नयाँ रेकर्ड बनेको छ । बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय कायम भएको हो ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोल २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड ब्रेक गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मको उच्च हो । बुधबार बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ४० रुपैयाँ रहेको थियो । आज बढेर ३ हजार २७५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij