Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात

गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात

  •  

    भद्रपुर । गत आर्थिक वर्ष २०८१÷८२ मा पूर्वीनाका काँकरभिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।  

     

    मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८०÷८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताउनुभयो । 

     

    कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१÷८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्व ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधीमा रु आठ अर्व ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु सात अर्व तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

     

    यसैगरी उक्त अवधीमा रु दुई अर्व ८२ करोड मूल्य पर्ने २५ हजार ५६८  मेट्रिकटन एलपि ग्यास, रु ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र रु २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij