Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

आर्थिक वर्ष २०८१/८२ मा ४२ खर्बको शेयर कारोबार, नाशा सेक्युरिटिज शीर्ष ब्रोकरको रूपमा उभियो

आर्थिक वर्ष २०८१/८२ मा ४२ खर्बको शेयर कारोबार, नाशा सेक्युरिटिज शीर्ष ब्रोकरको रूपमा उभियो

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा देशभर कुल ४२ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ, जुन पूँजी बजारको गतिविधि र विस्तारको दृष्टिले उल्लेखनीय मानिन्छ। कारोबारको यो संख्यामा २१ खर्ब ६३ अर्ब रुपैयाँको खरिद र त्यत्तिकै मूल्यको बिक्री समावेश छ, जसले बजारमा क्रियाशील लगानीकर्ताको सक्रियता प्रस्ट पारेको छ।

    हाल देशभर ९२ वटा ब्रोकर कम्पनीहरू क्रियाशील छन्। तीमध्ये नाशा सेक्युरिटिज सबैभन्दा अगाडि देखिएको छ। उक्त कम्पनीले एक आर्थिक वर्षमा १ खर्ब २९ अर्ब १८ करोडको खरिद र १ खर्ब २९ अर्ब ४० करोडको बिक्री गर्दै कुल ४० करोड रुपैयाँ बराबरको कमिसन आम्दानी गरेको छ। यसमध्ये ८ करोड १३ लाख रुपैयाँ नेप्सेले पाएको छ भने २७ करोड रुपैयाँ नाशा सेक्युरिटिजले आर्जन गरेको हो।

    दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज रह्यो, जसले ८३ अर्बको खरिद र ८७ अर्बको बिक्री गर्दै कुल २६ करोड ८८ लाख रुपैयाँ कमिसन उठाएको छ। सोमध्ये ५ करोड ३७ लाख नेप्सेले र बाँकी १८ करोड २८ लाख कम्पनीले प्राप्त गरेको हो।

    तेस्रो स्थानमा भिजन सेक्युरिटिज देखिएको छ, जसबाट ७९ अर्ब ७८ करोडको खरिद र ७७ अर्ब २३ करोडको बिक्री भएको छ। यद्यपि, यस कम्पनीको कमिसन विवरण भने सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij