
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ८ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचकमा ४.४८ अंकले बढेर २९८३.३६ विन्दुमा ,१८ अर्ब ४९ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ४.४८ अंकले बढेर २९८३.३६ विन्दुमा आएको छ । यस दिन १९ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ४२ खर्बको शेयर कारोबार, नाशा सेक्युरिटिज शीर्ष ब्रोकरको रूपमा उभियो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा देशभर कुल ४२ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ, जुन पूँजी बजारको गतिविधि र विस्तारको दृष्टिले उल्लेखनीय मानिन्छ। कारोबारको यो संख्यामा २१ खर्ब ६३ अर्ब रुपैयाँको खरिद र त्यत्तिकै मूल्यको बिक्री समावेश छ, जसले बजारमा क्रियाशील लगानीकर्ताको सक्रियता प्रस्ट पारेको छ।
हाल देशभर ९२ वटा ब्रोकर कम्पनीहरू क्रियाशील छन्। तीमध्ये नाशा सेक्युरिटिज सबैभन्दा अगाडि देखिएको छ। उक्त कम्पनीले एक आर्थिक वर्षमा १ खर्ब २९ अर्ब १८ करोडको खरिद र १ खर्ब २९ अर्ब ४० करोडको बिक्री गर्दै कुल ४० करोड रुपैयाँ बराबरको कमिसन आम्दानी गरेको छ। यसमध्ये ८ करोड १३ लाख रुपैयाँ नेप्सेले पाएको छ भने २७ करोड रुपैयाँ नाशा सेक्युरिटिजले आर्जन गरेको हो।
काठमाडौँ । नेपाल आयल निगमले रु छ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो ।
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० आज निगमलाई हस्तान्तरण गरेको छ ।
तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम ९एसएमटी० बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा उत्पन्न खानेपानी समस्याको तत्काल समाधानका लागि सम्बन्धित एवं मातहत निकायका प्रमुखलाई आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको हो ।
गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । गत आर्थिक वर्ष २०८१÷८२ मा पूर्वीनाका काँकरभिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८०÷८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।
सिद्धार्थ र नेपाल एसबिआई बैंकले ऋणपत्र बाँडफाँट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडले हालै निष्कासन गरेका ऋणपत्रहरू साउन ७ गते बाँडफाँट गरेका छन्। सिद्धार्थ बैंकले ‘एसबिएल डिबेञ्चर २०९१’ नामको १० वर्षे अवधिको ऋणपत्र वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो। असार २९ देखि ३२ गतेसम्म बिक्री खुला गरिएको यो ऋणपत्र अन्तर्गत २५ लाख कित्ता अर्थात् २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको थियो। जसमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूलाई र बाँकी ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिएको हो। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको थियो।
सांग्रिला डेभलपमेन्ट बैंकको चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक : खुद नाफा साढे ६ प्रतिशतले वृद्धि
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा ६.५ प्रतिशतले वृद्धि भई ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको देखिएको छ, जुन अघिल्लो वर्ष सोही अवधिको ५० करोड ४२ लाख रुपैयाँ नाफासँग तुलना गर्दा उल्लेखनीय हो।बैंकको चौथो त्रैमाससम्मको वितरणयोग्य नाफा ४१ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा वितरणयोग्य नाफा १३ करोड १८ लाख रुपैयाँ मात्र थियो, जसको तुलनामा यस वर्ष उल्लेखनीय वृद्धि भएको छ।इम्पेरमेन्ट चार्जमा पनि केही सुधार देखिएको छ। अघिल्लो वर्षको ३५ करोड ७० लाख रुपैयाँभन्दा बढी रहेको चार्ज चालू वर्षमा घटेर ३४ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने
काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले यही साउन १५ गते (२०७५/०४/१५) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।
कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीमध्ये कम्पनीले ३८।३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये स्थानीयवासीका लागि १० लाख ३० हजार ५०० कित्ता र विदेशमा रहेका नेपालीका लागि २ लाख ९१ हजार ९५० कित्ता शेयर वितरण भइसकेका छन्। साथै, कम्पनीका कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर पनि छुट्याएर बाँडफाँट गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा पुगेको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत, ट्याक्सी वे र एप्रोन विस्तारलगायतका काम लगभग पूरा हुने चरणमा पुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा हवाई यात्रुकोे चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्यलाई तीव्रता दिएको हो । मनसुनको समयमा पनि कामलाई तीव्रता दिइएकाले निर्धातिर मितिमै काम सम्पन्न हुने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको थियो । अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकका सम्बन्धमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहँुदै मन्त्री सुडीले विधेयक महत्वपूर्ण रहेको र यसमा आवश्यक सुधार भए समेटेर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु वासुदेव घिमिरे, दामोदार पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतिक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला सिर्पाली ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी ९चौधरी०, रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी हुनुभयो ।
प्रतिनिधिसभा बैठक : ‘मधेसलाई सङ्कटग्रस्त र सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र राज्यको दायित्व पुरा हुँदैन’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मधेस प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले मधेस प्रदेशलाई विपद सङ्कट क्षेत्र घोषणा गरेता पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै खेद प्रकट गर्नुभयो ।
मधेसमा सिँचाइ र खानेपानीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनु भएका उहाँले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण
दार्चुला। नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन् ।व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् । महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्याँसका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्याँस–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो । व्याँस–१ को छाङ्गरु र तिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन् । गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमति विना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीय यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामी सुनाउनुहुन्छ । “यो बाटोले दुई वडामात्र होइन्, देशको भूगोल समेत जोडेको छ, यो बाटोमा जोखिमपूर्ण काम गरेवापत मजदुरले दैनिक रु एक हजारदेखि रु एक हजार ५०० ज्याला लिए”, उहाँले भन्नुभयो । व्याँसका दुई वडा जोड्ने परम्परागत घोरेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो ।
विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा
काठमाडौँ। विश्वभरका सबै पशुलाई पशुपतिनाथले कल्याण गरुन् भन्ने कामनासहित पशुपति क्षेत्रमा राम कथा महायज्ञ सञ्चालन भइरहेको छ । पशुपतिनाथले विश्वभरका सबै पशुको कल्याण गर्ने भन्दै भारतको ओडिसास्थित विश्व सनातन ट्रष्टले पशुपति क्षेत्रमा आएर राम कथाको आयोजना गरिरहेको हो । पशुपति क्षेत्रमा आएर महायज्ञ गर्दा पशुपतिनाथबाट विश्वभरका पशुको उन्नति हुने भन्दै गत आइतबारदेखि राम कथा महायज्ञ सुरु भएको हो । महायज्ञ गर्न भारतका विभिन्न स्थानबाट करिब दुई सयजना भक्तजन काठमाडौँमा आएका छन् ।
गभर्नर डा. पौडेलको योग्यता नपुगेको भन्दै छानबिन गर्न अख्तियारमा उजुरी
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ पौडेलको योग्यता नपुगेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।गभर्नरको नियुक्ति कानूनविपरित भएकाले छानबिन गर्न माग गर्दै आयोगमा उजुरी परेको हो । डा. पौडेलले पेश गरेको प्रमाणपत्रमा सफ्टवेयर इन्जिनियरिङमा स्नातक र स्नातकोतर तह र रिसोर्स एग्रिकल्चरमै विद्यावारिधि (पिएचडी) को उपाधि रहेको उजुरीमा जनाइएको छ ।
इजरायलको गुफामा एक लाख वर्ष पुरानो हड्डीहरूले गाड्ने संस्कारको उत्पत्तिको कथा बताउँछ
सवा तीनसय बढी म्यानपावरको इजाजत निलम्बनमा
काठमाडौँ । सरकारले सवा तीनसय बढी म्यानपावर कम्पनीको इजजात निलम्बन गरेको छ ।वार्षिक १ सय कामदार विदेश नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरिएको हो ।वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा १ सय कामदार नपठाएका म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा गरिएको छ ।
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
धरान (सुनसरी)। सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाखभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले तीन छुट्टाछुट्टै स्थानमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको रु १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, किराना सामग्री र चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
बिहीबार सुनको मूल्यमा गिरावट भई प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम
काठमाडौँ । बिहीबार सुनको मूल्यमा गिरावट भई प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बुधबार बढेको सुन र चाँदीको मूल्य यस दिन भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँ घटेको हो। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij