Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन आज, एमालेको निर्णयमाथि सार्वजनिक धारणा आउने

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन आज, एमालेको निर्णयमाथि सार्वजनिक धारणा आउने

  • काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो पत्रकार सम्मेलनमार्फत एमालेको पछिल्लो निर्णयबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा छिन्। बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन तय भएको भण्डारी निकट स्रोतले जनाएको छ।

    एमालेले हालै गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारीले सार्वजनिक रूपमा बोल्ने तयारी गरेको बताइएको छ। साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीको सक्रिय राजनीतिमा नआउन निर्देशन दिएको थियो। साथै, उनको पार्टी सदस्यता समेत खारेज गरिएको थियो।

    एमालेले संविधानको मर्म र भावना विपरीत राष्ट्रपतिको पद सम्हालेको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउन नहुने तर्क गरेको छ। तर भण्डारीले आफूलाई संविधानले राजनीतिक अधिकार सुनिश्चित गरेको भन्दै उक्त निर्णयविरुद्ध राजनीतिक प्रतिवाद गर्ने तयारी गरिरहेकी छन्।

    निकट स्रोतका अनुसार, पूर्वराष्ट्रपति भण्डारी देशव्यापी राजनीतिक अभियानमा जाने योजनामा छन् र आजको पत्रकार सम्मेलन त्यस अभियानको औपचारिक सुरुवातको रूपमा हुने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij