
काठमाडौं।हालसम्म बागमती सभ्यताका नाममा छुट्याइएको २१ अर्ब रुपैयाँ नदी किनार सफाइ, हरियाली विकास, ढल निकास, सडक विस्तार लगायतका योजनामा खर्च भएको जानकारी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजनाका उपनिर्देशक अर्यालले दिएका छन्। उनका अनुसार हालसम्म:
७३ किलोमिटर नदी तटबन्ध निर्माण
३२ किलोमिटर सडक कालोपत्रे
८८ किलोमिटर ढल निकास प्रणालीको निर्माण
२८ वटा ऐतिहासिक सम्पदाको जिर्णोद्धार
जस्ता कामहरू सम्पन्न भइसकेका छन्। तर अझै पर्यटकीय मार्ग निर्माण लगायत धेरै कामहरू बजेट अभावका कारण अधुरै छन्।
समितिले हालसम्म गरेका मुख्य कामहरू
२८ वटा सत्तल र मठमन्दिरको पुनर्निर्माण तथा जिर्णोद्धार
धाप ड्याम निर्माण सम्पन्न
नागमती ड्यामको EIA प्रक्रिया अन्तिम चरणमा
गुह्येश्वरीमा १६.२ MLD क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माण
७३.२८ किलोमिटर नदी तटबन्ध, ३२.५६ किलोमिटर सडक कालोपत्रे, ८८.६३ किलोमिटर मुख्य ढल निर्माण
बल्खुसम्म मुख्य ढल प्रणालीको निर्माण
टुकुचामा फोहोर पानी प्रशोधन केन्द्र निर्माणाधीन
बागमती सफाइ महाअभियानको निरन्तरता
बजेट, कार्यान्वयन र पारदर्शिता: चिन्ताको विषय
बागमती उपत्यकाको जीवनरेखा मानिने बागमती नदीको सफाइ र पुनर्जीवनका लागि ३० वर्षदेखि काम भइरहेको भए पनि योजना प्रभावकारी हुन सकेको छैन। पारदर्शिता, दीर्घकालीन रणनीति र स्पष्ट कार्ययोजनाको अभावले यो महत्वाकांक्षी आयोजना अहिले पनि संकटमा परेको देखिन्छ। अर्बौं बजेट खर्च हुँदा पनि यसको प्रभाव प्रस्ट देखिन नसक्नु चिन्ताजनक अवस्था हो।
बागमती सफाइ महाअभियान: १२ वर्षको लामो यात्रा
२०७० साल जेठ ५ गते नागरिक स्तरबाट सुरु भएको बागमती सफाइ महाअभियान हालसम्म ६३३ औं हप्ता पनि निरन्तर जारी छ। "राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा" नाराका साथ सुरु भएको अभियानको अगुवाइ तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले गरेका थिए। भूकम्प, नाकाबन्दी, महामारी, चाडपर्व जस्ता चुनौतीका बीच पनि अभियान रोकिएको छैन।
बागमती नदीप्रति सामाजिक प्रतिबद्धता
बागमती सफा नभएसम्म नदीमा शवदाह नगर्न २०५३ सालमा ६६ जना अधिकारकर्मी, अभियन्ता र नागरिकले इच्छापत्रमा हस्ताक्षर गरेका थिए। उनीहरूको भनाइ थियो, "जबसम्म बागमती सफा र पवित्र हुँदैन, तबसम्म हाम्रो सद्गत बागमतीमा नगरियोस्।" केही हस्ताक्षरकर्ताको निधन भइसकेको छ र उनीहरूको अन्तिम इच्छा अनुसार बागमतीमा सद्गत गरिएको थिएन।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij