
काठमाडौं |नबिल बैंकले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ मा आवेदन दिने म्याद साउन २० गतेसम्म बढाइएको छ।
बैंकले ८ वर्ष अवधिको, वार्षिक ७% ब्याजदर पाइने यो ऋणपत्रमा ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता निष्काशन गरिरहेको छ।
६०% (१८ लाख कित्ता) व्यक्तिगत तवरबाट बाँडफाँट गरिने
४०% (१२ लाख कित्ता) सर्वसाधारणका लागि
जसमध्ये ५% (६० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको
न्यूनतम २५ कित्ता देखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिनेछ।
आवेदन प्रक्रिया:
लगानीकर्ताले सी–आस्बा प्रणाली मार्फत आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ:
इक्रा नेपालले नबिल बैंकलाई “ICRA NP Issuer Rating A” प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम संस्थाको संकेत गर्दछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij