
काठमाडौं |चिनियाँ विद्युतीय गाडी निर्माता बीवाईडी को प्रिमियम एसयुभी ‘सिलायन ७’ अब नेपालमा उपलब्ध छ। यसको आधिकारिक विक्रेता साइमेक्स इंक ले यो नयाँ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ।
सुरुवाती मूल्य: ७४ लाख ९९ हजार रुपैयाँ
बुकिङ प्रमोशन मूल्य: ७२ लाख ९९ हजार रुपैयाँ
यो इलेक्ट्रिक एसयुभीले एक पटक फुल चार्जमा डब्लुएलटीपी रेञ्ज अनुसार ४४० किलोमिटर दूरी तय गर्न सक्छ।
प्रमुख विशेषताहरु:
ब्याट्री क्षमता: ७१.८ किलोवाट
मोटर पावर: १०० किलोवाट
सुरक्षा: ११ वटा एयरब्याग
एडास २ (ADAS 2) सुविधा समेटिएको
यो गाडी गत वर्ष नाडा अटो शोमा पहिलोपटक प्रदर्शन गरिएको थियो।
नेपालमा बीवाईडीले पहिले ई६ मोडल बाट बजारमा प्रवेश गरेको थियो। पछि अटो ३ र डल्फिन मोडल सार्वजनिक गरेसँगै यसले बजार हिस्सा बढाएको छ।
सिलायन ७ सँगै बीवाईडीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij