Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

पोखरा मुग्लिङ जोड्ने बाटोमा नेपालकै चार लेनको पहिलो पुल बन्दै

पोखरा मुग्लिङ जोड्ने बाटोमा नेपालकै चार लेनको पहिलो पुल बन्दै

  • काठमाडौँ । नेपालमै पहिलो पटक चार लेनको ठूलो पुल बनिरहेको छ ।   त्यो चार लेनको पुलको लम्बाई ३१८ मिटरको रहेको छ ।मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा सडक पूर्वीखण्डस्थित मादी नदीमा यो चार लेनको पुल बन्न लागेको बताएका छन् ।

    भण्डारीका अनुसार चार लेन गाडी कुद्ने नेपालको यो पहिलो पुल हुने हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहेको छ । मर्मत सम्भार अवधि ५ वर्षको छ । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।

    ७ सेक्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो । ६ सेक्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिन लागेको छ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताए ।

    उनकाअनुसार मनसुन शुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ । खोलाको बहाव बढ्ने र ठेक्काहरु बगाउने भएकाले पुलको बीचको काम मनसुन सकिएपछि अब अघि बढ्नेछ । आगामी पुस–माघसम्ममा पूर्ण रुपमा पुल निर्माण पूरा हुने विश्वास गरिएको छ । नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले यो पुलको काम गरिरहेको छ ।

    डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामाग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माणव्यवसायीहरूको भनाइ छ । उनीहरुका अनुसार डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यत्ति नै घरहरुको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ । नेपालमै पहिलो पटक चारलेनको अत्याधुनिक प्रविधियुक्त पुल  बन्नु निर्माणकर्ताहरूका लागि गर्वको विषय रहेको उनीहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij