Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

बंदीपुर केवलकार लिमिटेडको पहिलो चरण आईपीओ छिटै विक्री समाप्त, उच्च मागले साउन ९ मा बन्द

बंदीपुर केवलकार लिमिटेडको पहिलो चरण आईपीओ छिटै विक्री समाप्त, उच्च मागले साउन ९ मा बन्द

  •  

    काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले जारी गरेको पहिलो चरणको आईपीओ छिट्टै अवधि भित्रै बिक्री सकिएको छ। कम्पनीले साउन ६ गते आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो।

    यस चरणमा, आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता ९५ करोड ६६ लाख रुपैयाँ बराबर० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता (५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबर) शेयर जारी गरिएको थियो। दुबै समूहबाट आवेदन मागभन्दा धेरै परेको हुँदा आईपीओ बिक्री साउन ९ गतेसम्म मात्र खुला राखिएको थियो।

    कम्पनीले कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ मध्ये २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न अनुमति पाएको थियो। पहिलो चरणपछि बाँकी शेयर कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिनेछ र पछि थप सर्वसाधारणमा जारी गरिनेछ।

    नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन अवधिमा साउन १ देखि संशोधन गरेको छ। यसअघि १५ दिन रहेको अवधि कम्तिमा ४ कार्यदिन कायम गरिएको छ र माग नपरेमा अधिकतम १५ दिनसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आईपीओमा उच्च आकर्षण देखिएको छ।

    यस आईपीओको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेड रहेको छ। बन्दीपुर केवलकार परियोजना ३ अर्ब ८५ करोड रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भई २०८१ साल जेठ ३१ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा रहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij