Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन आज अन्तिम दिन

स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन आज अन्तिम दिन



  • काठमाडौं ।स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ९ गते) अन्तिम दिन रहेको छ। यो आईपीओ विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको हो।

    कम्पनीले जारी पूँजीको ४० प्रतिशत भाग अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमा १,१५५ कित्ता शेयर कर्मचारीका लागि र ११,५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर जारी गरिएको हो।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ बी एटदरेट प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने मामिलामा उच्च जोखिम रहेको संकेत गर्छ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदन दिन चाहने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij