Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

यो साता ११२ अंकले बढेर बन्द भएको  सेयर बजार गत साउन तीस यताकै उच्च

यो साता ११२ अंकले बढेर बन्द भएको  सेयर बजार गत साउन तीस यताकै उच्च

  • काठमाडौं । यो साता ११२ अंकले बढेको  सेयर बजार गत साउन तीस यताकै उच्च बिन्दुमा बन्द भएको छ ।यो साता सेयर बजार ३.९ प्रतिशतले वृद्धि भई  ११२ अंक बढेर २९८३ बिन्दु पार भइ  भएको हो ।गत साता २८७० अंकमा रहेर बन्द भएको बजार यो साता २९८३ अंक नाघेर बन्द भयो । यो अंक गत वर्षको साउन ३० यताकै उच्च हो । गत वर्षको साउन ३० गते बजार ३ हजार अंक पुगेको थियो ।

    असारको दोस्रा पक्षबाट बजारले वृद्धिको रफ्तार समाते यता सातामा ५ दिन कारोबार हुँदा सबै दिन बजार बढ्यो । आइतबार जम्मा ०.३२ अंक बढेको बजार सोमबार २१.७६, मंगलबार ८०.९७, बुधबार ५.१७ र बिहीबार ३.७६ अंक बढ्यो ।यस्तै यो साता कारोबार रकम पनि देखिने गरी बढेको छ । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भयो । यो कारोबार रकम ११ महिना २ भदौ यताकै उच्च देखिएको हो । त्यस्तै सोमबार १६ अर्ब ३२ करोड, मंगलबार २० अर्ब ८ करोड, बुधबार १९ अर्ब ५७ करोड र बिहीबार १८ अर्ब ४९ करोडको भयो ।

    पर्यवेक्षकहरूका अनुसार यो साता सेयर बजारमा बने नयाँ रेकर्ड कायम भए । पहिलो रेकर्डको रूपमा बजारको पूँजीकरणलाई लिइएको छ। बिहीबार बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । अब बजार बढ्दै गए  हरेक दिन पूँजीकरणले नयाँ रेकर्ड बनाउँदै जाने अवस्था बनेको छ ।सोही गरी बुधबार अन्य समूहले नयाँ रेकर्ड बनायो । यो समूह सूचक बुधबार हालसम्मकै उच्च २७२७ अंकमा पुग्यो । यो साता सबैभन्दा धेरै बढ्ने समूह  पनि यही समूह बन्यो ।बिहीबार हाइड्रोपावर समूह सूचकले नयाँ रेकर्ड बनायो । हाइड्रोपावर ३९४१ अंकमा पुग्यो ।  हाइड्रोपावरमा नयाँ कम्पनी थपिने क्रम बढ्नु र लगानीकर्ता पनि आशावादी भएकाले यो सेक्टरले उचाइ लिएको पर्यवेक्षकहरूको बुझाइ रहेको छ ।

    बैंकलाई तिर्नुपर्ने ब्याज घट्दा वित्तीय लागत घट्न गई कम्पनीहरुको नाफामा सुधार हुन पुगेको छ ।  चौथो त्रैमासिकमा हाइड्रोपावर कम्पनीको रिपोर्ट तुलनात्मक रुपमा राम्रो आउने लगानीकर्ताको विश्वासले यो समूह सूचकले नयाँ रेकर्ड कायम गरेको छ । अन्य समूहमा उच्च वृद्धि गरिरहँदा  बैंकिङ क्षेत्र सुस्त भएको देखियो ।गत साता ६.१२ प्रतिशत बढेको बैंकिङ समूह यो साता  ०.२५ प्रतिशतले मात्रै बढेको देखियो । बैंकिङको वृद्धिदर नेप्सेकोभन्दा न्यून हो 

    यो साता सबैभन्दा धेरै १०.१९ प्रतिशत बढेको अन्य समूहमा रहेका ९ कम्पनीमध्ये केहीको मूल्य उच्च दरले बढेसँगै सूचकले गत बुधबार नयाँ रेकर्ड नै कायम ग¥यो । मुख्यतः दुई ठूला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले बढ्दा समूह सूचकले उचाइ नापेको छ । यो साता नेपाल पुनर्बीमाको मूल्य १६.९२ प्रतिशत बढेर १५९८ रुपैयाँ पुगेको छ भने हिमालयन रिको ८.८८ प्रतिशत बढेर १ हजार ६७ रुपैयाँ पुगेको छ ।

    सोही गरी अंकित मूल्य १ सयको ट्रेड टावर यसै समूहमा सूचीकृत भएर मूल्य ६४८ मा पुगेको छ । यीबाहेक अन्य कम्पनीले भने समूह वृद्धिलाई खास योगदान दिन नसकेको देखियो ।यो साता रकमका आधारमा धेरै कारोबार भएकामा कम्पनीमा नेपाल पुनर्बीमा रह्यो । गत साता बुटवल पावर थियो । नेपाल पुनर्बीमाको साताभर ३ अर्ब ४९ करोडको कारोबार भयो ।

    सोही गरी दोस्रोमा रहेको हिमालयन रिको ३ अर्ब १७ करोडको भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, राधि विद्युत्, फस्र्ट माइक्रोफाइनान्स, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा परेका छन् ।  कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स, निफ्रा, शिवम् सिमेन्ट, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप, नेपाल पुनर्बीमा, साहस ऊर्जा, माथिल्लो तामाकोशी, सिंगटी हाइड्रोपावर र कुमारी बैंक परेका छन् ।


    आम सर्वसाधरणका लागि हाल कुनै पनि कम्पनीको आईपीओ÷एफपीओ खुलेको देखिएन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई खुलेको बन्दीपुर केबुलकार र स्वस्तिक लघुवित्तको आईपीओ भर्ने म्याद शुक्रबार  सकिन लागेको छ । वैदेशिक रोजगारमा रहेकाकै लागि खुलेको बुंगल हाइड्रोपावरको आईपीओ भर्ने म्याद आइतबार अन्तिम दिन रहेको छ ।

    तनहुँका प्रभावित स्थानीयका लागि पनि बन्दीपुर केबुलकारको आईपीओ खुलिरहेको छ । साउन २० गतेसम्म प्रभावितले आवेदन दिन सक्ने जनाइएको छ ।  आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।

    बझाङ जिल्लाका प्रभावित स्थानीयका लागि बुंगल हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । प्रभावित स्थानीयले छिटोमा साउन ११ गतेसम्म र ढिलोमा २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।४ कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । बरुण हाइड्रोपावर, पिपुल्स पावर, नेपाल इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ ।

    बरुणमा साउन १९ गतेसम्म, पिपुल्समा साउन ११ सम्म, नेपाल इन्स्योरेन्समा साउन २६ सम्म र एसियन लाइफमा साउन १३ सम्म आवेदन दिन सकिने जनाइएको छ । बरुणको शत प्रतिशत, पिपुल्सको ५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ३४.७८, एसियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयर खुलेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij