Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

पिपुल्स पावरको ३९ लाखभन्दा बढी शेयरको लकइन अवधि भदौ १२ गते सकिने

पिपुल्स पावरको ३९ लाखभन्दा बढी शेयरको लकइन अवधि भदौ १२ गते सकिने

  •  

    काठमाडौं । पिपुल्स पावर लिमिटेडको कुल ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन अवधि आगामी भदौ १२ गते सकिने भएको छ। कम्पनीको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दातर्फको शेयरहरू तीन वर्षे लकइन अवधिमा रहेका थिए, जुन अब सकिन लागेको हो।

    जसअनुसार, संस्थापक समूहका ३२ लाख २६ हजार कित्ता, कर्मचारीतर्फका ४९ हजार ३४८ कित्ता, र स्थानीयतर्फका ६ लाख ३२ हजार ९४८ कित्ता शेयरहरू भदौ १२ गतेपछि बजारमा कारोबारका लागि खुला हुनेछन्।

    पिपुल्स पावरले सर्वसाधारणका लागि २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरी भदौ १२ गते बाँडफाँड गरेको थियो। सोही मितिदेखि गणना गर्दा तीन वर्षको लकइन अवधि पूरा भएपछि अब सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर कारोबार गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij