
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सत्यनारायण श्रेष्ठको नियुक्तिमा चाहिने योग्यता नपुगेको भनी छानबिनका लागि अख्तियारमा उजुरी परेको छ ।यसअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता छानबिनका लागि सरकारले न्यायिक समिति गठन गरेको केही दिनपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको योग्यतामाथि पनि प्रश्न उठेको हो।
सन्तोषनारायण गत मंसिर दोस्रो साता सेबोन अध्यक्ष नियुक्त भएका थिए।धितोपत्रसम्बन्धी ऐन, २०६३ ले सेबोन अध्यक्षका लागि पुँजीबजारसम्बन्धी ७ वर्षको अनुभव चाहिने व्यवस्था गरेकामा सन्तोषनारायणसँग त्यो योग्यता नै नरहेको भनी प्रश्न उठेको हो।धितोपत्रसम्बन्धी ऐनले तोकेको योग्यता सन्तोषनारायणसँग नरहेको भन्दै छानबिनको मागसहित शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
‘नेपाल सरकारले उपदफा (१) बमोजिम अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ,’ ऐनमा भनिएको छ।तर, सन्तोषनारायणसँग ऐनले तोकेबमोजिम योग्यता नै नरहेको दाबी सहित उजुरी अख्तियारमा शुक्रबार गरिएको छ ।
यसैगरी फागुन दोस्रो साता बीमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका शरद ओझा असार ३० गतेदेखि निलम्बनमा छन्। उनको योग्यतासम्बन्धी कागजात फर्जी रहेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी कागजातका आधारमा नियुक्ति दिएको भन्दै सिफारिस समितिका सदस्यलाई पनि कारबाही गर्ने चेतावनी दिएपछि मन्त्रिपरिषद्ले ओझामाथि छानबिनका लागि पुनरावेदन अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय न्यायिक आयोग गठन गरेको थियो। सो छानबिन समिति गठन पछि ओझा निलम्बनमा परेको केही समय पछि सेबोन अध्यक्ष नियुक्त भएका सन्तोषनारायण श्रेष्ठ विरुद्ध छानबिन गर्न अख्तियारमा ऊजुरी दायर गरिएको हो ।
यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथा पौडेलको योग्यता नपुगेको भनी ऊजुरी परेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij