
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ९ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सेबोन प्रमुख श्रेष्ठको योग्यतासम्बन्धी विषय छानबिनका लागि अख्तियारमा ऊजुरी
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सत्यनारायण श्रेष्ठको नियुक्तिमा चाहिने योग्यता नपुगेको भनी छानबिनका लागि अख्तियारमा उजुरी परेको छ ।यसअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता छानबिनका लागि सरकारले न्यायिक समिति गठन गरेको केही दिनपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको योग्यतामाथि पनि प्रश्न उठेको हो।
सन्तोषनारायण गत मंसिर दोस्रो साता सेबोन अध्यक्ष नियुक्त भएका थिए।धितोपत्रसम्बन्धी ऐन, २०६३ ले सेबोन अध्यक्षका लागि पुँजीबजारसम्बन्धी ७ वर्षको अनुभव चाहिने व्यवस्था गरेकामा सन्तोषनारायणसँग त्यो योग्यता नै नरहेको भनी प्रश्न उठेको हो।धितोपत्रसम्बन्धी ऐनले तोकेको योग्यता सन्तोषनारायणसँग नरहेको भन्दै छानबिनको मागसहित शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएका छन् । गत आवमा रु १२ करोड छ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनको आयातबाट रु १९ करोड ७४ लाख राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
पिपुल्स पावरको ३९ लाखभन्दा बढी शेयरको लकइन अवधि भदौ १२ गते सकिने
काठमाडौं । पिपुल्स पावर लिमिटेडको कुल ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन अवधि आगामी भदौ १२ गते सकिने भएको छ। कम्पनीको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दातर्फको शेयरहरू तीन वर्षे लकइन अवधिमा रहेका थिए, जुन अब सकिन लागेको हो।
जसअनुसार, संस्थापक समूहका ३२ लाख २६ हजार कित्ता, कर्मचारीतर्फका ४९ हजार ३४८ कित्ता, र स्थानीयतर्फका ६ लाख ३२ हजार ९४८ कित्ता शेयरहरू भदौ १२ गतेपछि बजारमा कारोबारका लागि खुला हुनेछन्।
यो साता ११२ अंकले बढेर बन्द भएको सेयर बजार गत साउन तीस यताकै उच्च
काठमाडौं । यो साता ११२ अंकले बढेको सेयर बजार गत साउन तीस यताकै उच्च बिन्दुमा बन्द भएको छ ।यो साता सेयर बजार ३.९ प्रतिशतले वृद्धि भई ११२ अंक बढेर २९८३ बिन्दु पार भइ भएको हो ।गत साता २८७० अंकमा रहेर बन्द भएको बजार यो साता २९८३ अंक नाघेर बन्द भयो । यो अंक गत वर्षको साउन ३० यताकै उच्च हो । गत वर्षको साउन ३० गते बजार ३ हजार अंक पुगेको थियो ।
असारको दोस्रा पक्षबाट बजारले वृद्धिको रफ्तार समाते यता सातामा ५ दिन कारोबार हुँदा सबै दिन बजार बढ्यो । आइतबार जम्मा ०.३२ अंक बढेको बजार सोमबार २१.७६, मंगलबार ८०.९७, बुधबार ५.१७ र बिहीबार ३.७६ अंक बढ्यो ।यस्तै यो साता कारोबार रकम पनि देखिने गरी बढेको छ । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भयो । यो कारोबार रकम ११ महिना २ भदौ यताकै उच्च देखिएको हो । त्यस्तै सोमबार १६ अर्ब ३२ करोड, मंगलबार २० अर्ब ८ करोड, बुधबार १९ अर्ब ५७ करोड र बिहीबार १८ अर्ब ४९ करोडको भयो ।
समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता, नत्र कानुनी कारबाही हुने चेतावनी
काठमाडौँ । समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीहरूलाई आगामी भदौ मसान्तभित्र (३१ गतेसम्म) ऋण तिर्न बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले ताकेता गरेको छ। मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूलाई समयमै ऋण भुक्तानी गर्न अनुरोध गरेको हो।
स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन आज अन्तिम दिन
काठमाडौं ।स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ९ गते) अन्तिम दिन रहेको छ। यो आईपीओ विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको हो।
कम्पनीले जारी पूँजीको ४० प्रतिशत भाग अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमा १,१५५ कित्ता शेयर कर्मचारीका लागि र ११,५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर जारी गरिएको हो।
६ दशकको इतिहास बोकेको नेबिको लिमिटेडले २० करोडको आईपीओ निष्कासन गर्ने
काठमाडौं। ६० वर्षभन्दा लामो इतिहास भएको बिस्कुट र कन्फेक्शनरी उत्पादक कम्पनी नेबिको लिमिटेडले प्रारम्भिक धितोपत्र निष्कासन (आईपीओ) गर्न लागिएको छ। कम्पनीले सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने तयारीमा छ।
नेबिको लिमिटेडले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिहीवार कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी सम्झौता पनि सम्पन्न भएको छ।
नेबिको ग्रुपका प्रमुख कार्यकारी अधिकृत होम न्यौपानेका अनुसार, कम्पनीले आफ्ना २० प्रतिशत शेयर आईपीओमार्फत जारी गर्नेछ। यसबाट प्राप्त रकमले कारखाना सञ्चालन सुधार्ने र विस्तार गर्ने योजना बनाइएको छ।
बंदीपुर केवलकार लिमिटेडको पहिलो चरण आईपीओ छिटै विक्री समाप्त, उच्च मागले साउन ९ मा बन्द
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले जारी गरेको पहिलो चरणको आईपीओ छिट्टै अवधि भित्रै बिक्री सकिएको छ। कम्पनीले साउन ६ गते आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो।
यस चरणमा, आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता ९५ करोड ६६ लाख रुपैयाँ बराबर० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता (५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबर) शेयर जारी गरिएको थियो। दुबै समूहबाट आवेदन मागभन्दा धेरै परेको हुँदा आईपीओ बिक्री साउन ९ गतेसम्म मात्र खुला राखिएको थियो।
वाणिज्य बैंकतर्फ लगानीकर्ता आकर्षित, नेपाल बैंक, इन्भेष्टमेन्ट मेगा र सिद्धार्थ बैंकको शेयर सस्तो मूल्यमा कारोबार
काठमाडौं।मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएको छ। पछिल्लो समय नेप्से सूचक स्थिर रूपमा उकालो लागिरहँदा लगानीकर्ताको ध्यान वाणिज्य बैंकतर्फ मोडिएको देखिन्छ। विशेषतः आधारभूत आर्थिक सूचक — जस्तै नेटवर्थ — को आधारमा मूल्यांकन गर्न थालिएको छ।
हाल बजारमा धेरैजसो वाणिज्य बैंकको शेयर मूल्य तिनीहरूको नेटवर्थको तुलनामा निकै सस्तो मूल्यमा कारोबार भइरहेको छ। नेपाल बैंक, इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकको शेयर मूल्य विशेषगरी सस्तो मानिएको छ। नेपाल बैंकको नेटवर्थ करिब २६१ रुपैयाँ भए पनि यसको शेयर ३०७ रुपैयाँमा कारोबार भइरहेको छ, जुन नेटवर्थको १.१४ गुणा मात्र हो।
प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको एमालेको उक्त बैठकको निर्णयबारे जवाफ दिन पत्रकार सम्मेलनको आयोजना गरेकी हुन् ।यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुन: राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् । उनले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ ।
सहुलियतपूर्ण कर्जाको दुरुपयोग बढ्दै गएको निष्कर्ष
काठमाडौँ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग बढ्दै गएको छ । अर्थ मन्त्रालय सहित बैंक तथा वित्तीय संस्था जिम्मेवार नहुँदा सहुलियतपूर्ण कर्जा दुरुपयोग बढेको निष्कर्ष निकालिएको हो ।नेपाल राष्ट्र बैंकले गरेको सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अध्ययन प्रतिवेदनमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाको कमजोरीले यस्तो देखिएको जनाइएको छ ।
अध्ययन अनुसार सहुलियतपूर्ण कर्जा कार्यविधि २०७५ अनुसार केन्द्रीय निर्देशन समिति बैठक हालसम्म जम्मा ३ पटकमात्र बसेको पाइएको छ । समितिले कार्यविधि कार्यान्वयन अनुगमन गर्ने गर्छ । तर, समिति आफैंले काम नगरेको अध्ययनले देखाएको छ ।समितिमा अर्थ मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर, बीमा प्राधिकरण अध्यक्ष लगायत प्रतिनिधि हुन्छन् । समितिको एक बैठकले राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट प्रभावकारिता अभिवृद्धि गर्न नियमित अनुगमन गर्ने निर्णय गरेको छ ।
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
लुम्बिनी। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित अन्तरराष्ट्रिय छात्राबास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा लुम्बिनीलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । रुपन्देहीको देवदहमा करिब रु ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजनाको अर्थमन्त्रीले पौडेलले आज सार्वजनिक गर्नुभएको हो । विश्वविद्यालयलाई २०७७ सालमा सरकारले करिब ९२ बिघा जमिन देवदहमा भोगाधिकारका लागि दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत असार ३२ गते बसेको अठौँसभा बैठकले स्वीकृत गरेको थियो ।
पिपुल्स पावरको ३९ लाखभन्दा बढी शेयरको लकइन अवधि भदौ १२ गते सकिने
काठमाडौं । पिपुल्स पावर लिमिटेडको कुल ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन अवधि आगामी भदौ १२ गते सकिने भएको छ। कम्पनीको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दातर्फको शेयरहरू तीन वर्षे लकइन अवधिमा रहेका थिए, जुन अब सकिन लागेको हो।
जसअनुसार, संस्थापक समूहका ३२ लाख २६ हजार कित्ता, कर्मचारीतर्फका ४९ हजार ३४८ कित्ता, र स्थानीयतर्फका ६ लाख ३२ हजार ९४८ कित्ता शेयरहरू भदौ १२ गतेपछि बजारमा कारोबारका लागि खुला हुनेछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij