Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

नेपाल राष्ट्र बैंकद्वारा आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

  •  

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार (साउन १३ गते) का लागि विदेशी मुद्रासँग सम्बन्धित विनिमय दर सार्वजनिक गरेको छ। बैंकले अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड स्ट्रलिङ, जापानी येन, चिनियाँ युआन लगायत दर्जनौं विदेशी मुद्राको खरिद तथा बिक्री दर तोकेको छ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा छ भने पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा तोकिएको छ।

    त्यस्तै, स्वीस फ्र्याङ्कको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा, अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

    अन्य मुद्राहरूमा सिङ्गापुर डलर १०७ रुपैयाँ ७६ पैसा खरिददर र १०८ रुपैयाँ २३ पैसा बिक्रीदरमा, जापानी येन १० युनिटको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ।

    साथै, खाडी मुलुकहरूका मुद्राहरूमा साउदी रियालको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल ३७ रुपैयाँ ७९ पैसा खरिददर र ३७ रुपैयाँ ९६ पैसा बिक्रीदरमा कायम गरिएको छ।

    यस्तै, कुवेती दिनार ४५२ रुपैयाँ ३८ पैसा खरिददर र ४५४ रुपैयाँ ३५ पैसा बिक्रीदरमा, बहराइन दिनार ३६६ रुपैयाँ ४८ पैसा खरिददर र ३६८ रुपैयाँ ०८ पैसा बिक्रीदरमा, र ओमनी रियाल ३५८ रुपैयाँ ७७ पैसा खरिददर र ३६० रुपैयाँ ३३ पैसा बिक्रीदरमा विनिमय दर तोकिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij