Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

तेह्रथुम पावरको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावरको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन

  •  

    काठमाडौं ।  तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो। कम्पनीले प्रत्येक १ कित्ता पुरानो शेयरका लागि नयाँ १ कित्ता शेयर दिने (१:१ अनुपातमा) गरी ४० लाख कित्ता हकप्रद शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो, जसको कुल मूल्य ४० करोड रुपैयाँ रहेको छ। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।

    हकप्रद शेयरका लागि आवेदन दिने पात्र शेयरधनी तय गर्न कम्पनीले गत जेठ ५ गते बुक क्लोज गरेको थियो। यसअनुसार, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

    यस हकप्रद शेयर निष्काशन तथा बिक्रीको प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। शेयरधनीहरुले नबिल बैंकका छथर, म्याङलुङ, फेदाप र संक्रान्ति बजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij