Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

लोडसेडिङ सुरु भयो, पश्चिम चितवन र माडी क्षेत्रमा दैनिक ६ घन्टा लोडसेडिङ हुने तालिका सार्वजनिक

लोडसेडिङ सुरु भयो, पश्चिम चितवन र माडी क्षेत्रमा दैनिक ६ घन्टा लोडसेडिङ हुने तालिका सार्वजनिक

  • चितवन । नेपाल विद्युत् प्राधिकरणको लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले आइतबारदेखि लागू हुनेगरी लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।पश्चिम चितवन र माडी क्षेत्रमा आइतबारदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने  जनाइएको छ । यो सँगै लोडसेडिङको सुरु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

    केन्द्रले विद्युत् माग अत्यधिक बढेका कारण नियन्त्रित लोड व्यवस्थापन गर्नुपर्ने अवस्था आएको भन्दै सूचनामार्फत ३९३ घण्टाको गरी कुल ६ घण्टा विद्युत् कटौती हुने जानकारी दिएको छ ।सूचना अनुसार नारायणी माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म, दिउसो ३ बजेदेखि ६ बजेसम्म विद्युत जाने छ । त्यस्तै मेघौली विजयनगर फिडर क्षेत्रमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि राति ९ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । त्यसैगरी जगतपुर रामपुर फिडर क्षेत्रमा दिउसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत बन्द हुने भएको छ ।

    प्राधिकरणका अनुसार भरतपुरस्थित १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारको अधिकतम क्षमता ३०० एम्पियर मात्र रहेकाले सोभन्दा बढी विद्युत् प्रवाह गर्न नसक्ने (क्षमताले नधान्ने) प्राविधिक समस्या रहेको केन्द्रले जानकारी दिएको छ ।हाल माडी क्षेत्रमा गर्मी अत्यधिक रहेको र रोपाइँको समय भए तापनि वर्षा नहुँदा सिँचाइका लागि बिजुलीको प्रयोग बढेर कुल माग ४५० एम्पियरसम्म पुगेकोले लोड व्यवस्थापन गर्न असहज भइरहेको प्राधिकरणले जनाएको छ । यस्तो अवस्थाको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनमार्फत वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माण सुरु गरिसकिएको छ, जुन निर्माणाधीन अवस्थामा छ ।

    यसै सन्दर्भमा साउन ११ गतेदेखि लागू हुनेगरी प्राधिकरणले माडी क्षेत्रका विभिन्न फिडरहरूमा दैनिक लोड व्यवस्थापनका लागि विद्युत आपूर्ति समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले ग्राहकवर्गलाई परिरहेको असुविधाप्रति क्षमा प्रकट गर्दै, लोड व्यवस्थापनक्रममा उल्लेखित समयभन्दा अगावै लाइन सुचारु हुने सम्भावना पनि रहेको जानकारी सूचनामा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij