Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने समय साउन २६ सम्म थप

पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने समय साउन २६ सम्म थप

  •  

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने समय साउन २६ गतेसम्मका लागि थप गरिएको छ। कम्पनीले हाल कायम रहेका १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर दिने (१०:५ अनुपातमा) गरी ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

    यो अनुसार कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ, जसको कुल अंकित मूल्य ३१ करोड ६३ लाख रुपैयाँ (प्रति शेयर १०० रुपैयाँ) बराबरको रहेको छ।

    यस हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो। सो अनुसार, असार १ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र यसमा आवेदन दिन सक्नेछन्।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरुले प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।

    यसबाहेक, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij