Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

ठूला विद्युत् आयोजनामा लगानी गर्न आग्रह

ठूला विद्युत् आयोजनामा लगानी गर्न आग्रह

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूला आयोजनाहरूमा लगानी गर्न आग्रह गरेका छन् । आइतबार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा  मन्त्री खड्काले यस्तो बताएका हुन् । 

    करिब तीन सय संस्था आबद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।  उनले करिब करिब सबै ठाउँ विद्युत पुगेको बताउँदै  अबको गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता रहेको बताए । २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन उनले आग्रह गरे । उनका अनुसार  साँच्चै हामी ऐक्यबद्धता जनाएर महासंघ बनाइएको छ भने त्यो लक्ष्य भेट्टाउने गरी काम गर्नुपर्ने आवश्यकता छ । यो एउटा शक्ति पनि हो । झन्डै तीन सय हाराहारी संस्थाहरू आबद्ध छ । त्यसलाई शक्तिमा परिणत गर्नुपर्छ । 

    मन्त्री खड्काले देशको आवश्यकता पूरा गर्न महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ  उपायको खोजी गर्नुपर्नेमा जोड दिए । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघलाई आग्रह गर्दै उनले सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij