Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ७९.५३% ले वृद्धि, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ७९.५३% ले वृद्धि, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार

  •  

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म ६ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ८६ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको बैंकले यो वर्ष ७९.५३ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको हो।

    बैंकको वितरणयोग्य नाफा पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत वर्ष चौथो त्रैमाससम्म वितरणयोग्य नाफा ६ करोड ७ लाख रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको ३ करोड १२ लाख रुपैयाँको तुलनामा करिब दोब्बर हो।

    नाफा वृद्धिमा मुख्य योगदान बैंकको इम्पेयरमेन्ट चार्ज मा आएको कमी हो। अघिल्लो वर्ष २ करोड ८९ लाख रुपैयाँभन्दा बढी इम्पेयरमेन्ट चार्ज रहेकोमा यो वर्ष घटेर ६८ लाख रुपैयाँभन्दा केही बढीमा झरेको छ। यसले बैंकको खुद नाफामा सकारात्मक प्रभाव पारेको हो।

    हाल ग्रीन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष ६ करोड ५१ लाख रुपैयाँभन्दा बढी छ।

    बैंकले चौथो त्रैमाससम्म ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रहेको छ।

    निष्क्रिय कर्जा भने थोरै वृद्धि भई ३.१८ प्रतिशतबाट बढेर ३।३३ प्रतिशत पुगेको छ।

    आर्थिक सूचकांक अनुसार, कम्पनीको प्रति शेयर आम्दानी ९भ्एक्० १२ रुपैयाँ १८ पैसा तथा प्रति शेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा रहेको छ, जुन लगानीकर्ताका लागि सकारात्मक संकेत मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij