Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

नेशनल लाईफ इन्स्योरेन्सको गाला कन्सर्ट

नेशनल लाईफ इन्स्योरेन्सको गाला कन्सर्ट

  • काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्यगरी लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि गाला कन्सर्ट पूरा गरेको छ।भैरहवाको होटल सिद्धार्थ भिलासामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उद्घाटन गरे । उक्त  कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो।

    कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्बन्धी प्रशिक्षण समेत दिइएको  थियो । प्रशिक्षणका क्रममा प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए। त्यसपश्चात मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतिसहितको गाला कन्सर्ट आयोजना गरिएको थियो।

    त्यस अवसरमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाले कमेडी प्रस्तुत गरेका थिए ।  कलाकारहरु प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको सांगितिक प्रस्तुति प्रस्तुत भएको थियो । डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएको कम्पनीले जनाएको छ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्यनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्सर्टलाई निरन्तरता दिइएको जनाइएको छ । यो वर्ष पनि योजना अन्तर्गत देशभरका अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको खत्रीको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij